Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिम सरकार संकटमा, विश्वासको मत नपाए कांग्रेसको ढोक्सामा

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ। 

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ। बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिए अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। 

तर बुधबार साँझसम्म पनि नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत दिन तयार भएको छैन, एमाले नेताहरु फकाउन लगातार लागिपरेका छन्। आफ्नो माग पूरा नभएसम्म विश्वासको मत नदिने अडानसहित नागरिक उन्मुक्तिका सातै जना प्रदेश सांसद काठमाडौंमा छन्। 

सुदूरपश्चिमको निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिका सांसदहरु, काठमाडौंमा भएकैले बुधबार मुख्यमन्त्री रावलले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची स्थगित भएको छ। २७ पुसमा मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको नागरिक उन्मुक्तिले साथ दिएको थियो।

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने कार्यक्रम तय गरिएको भए पनि नागरिक उन्मुक्ति पार्टीले रिहाइको सर्त राख्दै मत नदिने निर्णय गरेपछि बिहीबारका लागि विश्वासको मत लिने कार्यक्रम सारिएको छ।  

बैठक आज मुख्यमन्त्रीले विश्वासको मत लिने उद्देश्यसहित दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। प्रदेश सभा सचिवालयका सूचना  अधिकारी  युवराज  जैसीका  अनुसार  मुख्यमन्त्री रावलले प्रदेश सभाबाट विश्वासको मत लिने समयसीमाको बिहीबार अन्तिम दिन हो।

यसअघि  विश्वासको  मत  लिनका  लागि  बुधबार  दिउँसो  १  बजे  प्रदेश  सभाको  बैठक  बोलाइएको थियो तर मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने वातावरण नबनेपछि सो बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो। सभामुख भीमबहादुर भण्डारीको आदेशमा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

रावल संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  मुख्यमन्त्रीमा  नियुक्त भएका थिए।  यसरी  दुई  वा  दुईभन्दा  बढी  दलको  समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले निरन्तरता पाउनका लागि एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

गत पुस २७ गते उनी सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र  राप्रपाको  समर्थनमा  मुख्यमन्त्रीमा  नियुक्त भएका थिए। ती दलहरूसँग २८ जना प्रदेश सभा सदस्य छन्। 

नागरिक उन्मुक्ति पार्टीका सात जनाले मत नदिँदा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन।  नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताएका छन्। 

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले  टीकापुर  घटनाका  कैदीबन्दी  रिहा  भएमा मात्रै प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ तर रेशम चौधरीसहितका बन्दीहरू तत्कालै छुट्न सक्ने कुनै छाँटकाँट नदेखिएकाले  रावल   नेतृत्वको   सरकार   अप्ठ्यारोमा परेको हो।

एमालेका  सुदूरपश्चिम  प्रदेश  कमिटी सचिव एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले नागरिक उन्मुक्ति पार्टीको मागप्रति सबै दल सकारात्मक रहेको बताए। उनले अन्तिम अवस्थामा नागरिक उन्मुक्तिले सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरे। 

५३ सदस्यीय प्रदेशसभामा सत्तापक्षमा एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य छन्। बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। 

विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र सदस्य छन्। तर, प्रमुख  प्रतिपक्षी  दल  नेपाली  कांग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक स्थगित गरेर अर्को दिनका लागि सारिएपछि विरोध जनाएको  छ।

सर्वदलीय  बैठकमा  बुधबार  ११  बजे बोलाइएको बैठक १ बजे सार्ने निर्णय भए पनि सभामुख भण्डारीले आफूखुसी अर्को दिन बैठक सारेको सो पार्टीका संसदीय दलका नेता कमलबहादुर शाहले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending