Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् ।  निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ ।

निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि  जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताए । उनले तरकारी जोगाउन बारीमा जाग्राम बस्न बाध्य भएको बताए ।

विसं २०६३ देखि तरकारी खेती गर्दै आएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाए । “निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन् ।” तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उनले भने, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”

निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उनले बताए । “जङ्गलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ”, उनले भने, “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो ।”

रानाले १५ कठ्ठामा खेती गर्दै आएका छन् । “तरकारी खेती गरेरै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाइराखेको छु”, उनले भने, “वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ ।” यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जीविकोपार्जन गरिरहेका सुदामा रानाले बताए । “यहाँ सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका छौँ”, उनले भने, “अन्य बालीभन्दा तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुन्छ ।”

तरकारी खेतीबाट मनग्य आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताए । “खेती जोगाउन खेतमा बास बस्नुपर्ने बाध्यता छ । निकुञ्जले तारजाली लगाए पनि वन्यजन्तु आउन छाडेका छैनन्”, उनले भने, “खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्नुपर्छ ।” डेढ दशकदेखि तरकारी खेती गर्दै आएका यहाँका किसानले भारतबाट आयात गरिने तरकारी चुनौती बनेको बताए । 

“भारतबाट ल्याइने तरकारीमा विषादी हुन्छ, हामी प्राङ्गारिक मलको प्रयोग गर्छौँ”, उनले भने, “भारतबाट ल्याउँदा हाम्रो तरकारी बिक्री गर्न समस्या हुने गरेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending