Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रास्वपाले सरकार छाडेपछि सत्ता गठबन्धनभित्रको सम्भावित ध्रुवीकरण

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि राष्ट्रपति चुनावसम्म पुग्दा त्यसको असर कुन रूपमा प्रकट हुन्छ भन्नेबारे सत्ता गठबन्धनभित्रका साना दलहरू अन्योलमा देखिएका छन्।

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायम राखेकाले सरकार तत्काल सङ्कटमा नपर्नेमा भने उनीहरू एक मत देखिए।

गृह मन्त्रालयको विवादको परिणाम रास्वपाले सरकार त्यागेको छ। अब राष्ट्रपतिको चुनाव थप विभाजनको कारण बन्ने त होइन भन्ने आकलन भइरहेको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र सबैभन्दा ठूलो सत्ताधारी पार्टी नेकपा एमाले दुवै प्रकरणमा विपरीत धारमा रहेका खबरहरू आएका छन्।

सम्भावित सङ्कट 

सरकार गठनमा उनीहरूलाई सघाएका अन्य पाँच दल हुन्, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी।

सरकारमा सहभागी नभएका रास्वपा, जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएमा गठनका बेला सरकारले पाएको बहुमत गुम्ने छ। यद्यपि विपक्षी दलहरूले पनि विश्वासको मत दिएका छन्।

तर रास्वपाले समर्थन कायम राखेकाले सरकार सङ्कटमा नरहेको सत्ता पक्षीय साना दलहरूको भनाइ छ। सरकारमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत भन्छन्, “उहाँहरूले मन्त्रिमण्डल मात्र छाड्नु भएको हो, समर्थन पूरै फिर्ता लिए पनि गठबन्धनमा असर पर्दैन।”

सरकार गठन गर्न सघाए पनि नागरिक उन्मुक्ति पार्टी र जसपा अहिलेसम्म सरकारमा सहभागी भएका छैनन्।

उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ भन्छिन्, “हामी सत्ता गठबन्धनमा रहे पनि विपक्षी बेन्चमा छौँ, रास्वपा पनि हाम्रै अवस्थामा आएको छ। सरकारलाई दिएको समर्थन कायम छ।”

जसपा शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै सरकार बाहिरै छ। उक्त पार्टीको संसदीय दलका नेता राम सहाय प्रसाद यादवले हालसम्म समर्थन जारी राखेको बताए।

राष्ट्रपतिबारे सत्तापक्षमा विभाजन?

एमाले र नेपाली कांग्रेस दुवैले राष्ट्रपतिमा उम्मेदवारी दिए भने र माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने अडान छाडेन भने राष्ट्रपतिको चुनावसम्म पुग्दा सत्ता गठबन्धनमा विभाजन आउने ठानिएको छ।

किनकि माओवादीका कतिपय नेताहरूले परिस्थिति फेरिएको भन्दै राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुपर्ने पक्षमा खुलेरै बोलिरहेका छन्। तर सत्ता गठबन्धनका साना दल त्यसबारे केही अनिर्णीत त केही एमालेको पक्षमा देखिन्छन्।

सरकार बनाउँदा नेताहरूबीच राष्ट्रपतिमा एमालेलाई सघाउने समझदारी भएको बताउँदै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठको आशा छ, “सहमति अनुसार नै नेताहरू अगाडि जानुहुन्छ होला।”

धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयताविरुद्ध मन्त्रीले बोल्न नपाउने प्रधानमन्त्रीको भनाइलाई लिएर संसद्‌मा राप्रपा र सत्ता गठबन्धनमा अन्य दलका सांसदबीच वाद प्रतिवाद चलेको थियो।

राप्रपाका महामन्त्री धवल शमशेर राणाले आफूहरूले सरकार छाड्ने अवस्था नरहेको बताउँदै राष्ट्रपतिको चुनावबारे भने एकदमै अन्योल रहेको ठानेका छन्। उनले भने, “कसैले यही हुन्छ भन्न सक्दैन, धेरै सम्भावनाहरू छन्।”

‘राष्ट्रपतिमा सहमति सम्भव छ’

जसपा नेता यादवले सहमतिको प्रयास भइरहेकाले आफूहरू त्यसको पर्खाइमा रहेको बताए। जनमत पार्टीका अध्यक्ष राउत एमालेलाई राष्ट्रपति दिने आन्तरिक समझदारी भए पनि कतै लिखित सहमति नभएको बताउँछन्।

उच्चस्तरीय राजनीति संयन्त्रको निर्णयमा त्यो निर्भर हुने उल्लेख गर्दै उनले भने, “राष्ट्रिय सहमतिको प्रशस्त सम्भावनाहरू छन्।”

एमाले र कांग्रेस दुवैले मान्न सक्ने राष्ट्रपति बन्न सक्ने अवस्था रहेको र त्यसको गृहकार्य भइरहेको उनको दाबी छ। दुबैलाई मान्य हुने दल बाहिरको व्यक्ति ल्याउने भन्ने विकल्प हो?

राउतको जबाफ थियो, “हैन जसको भए पनि सबै सहमत हुने गरी वातावरण बन्दै छ अहिले, कुराकानी भइरहेको छ।” तर उनले त्यसबारे थप केही खुलाएनन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies