दमक । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुगेका छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिब ५२ किलोमिटर यात्रा पूरा गरेका छन् ।
सामान्य खेतीपाती गरी आएका थारू दम्पती दैनिक २०–२५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किएका हुन् । दमकमा भेटिएका पदयात्री थारूले विश्वशान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताए । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् रुपना । उनी भन्छन्, “उल्टो हिँडेर लक्ष्यमा पुग्न आफैँमा कठिन हो, तर पनि दुखी भने बिल्कुल छैन ।”
पदयात्रा सुरक्षित बनाउन आफैँ होसियारी अपनाउँछन् उनी । दिनभरि हिँडे पनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोबस्ती गर्छन् थारू दम्पती । साँझ परेपछि राजमार्गमा सहजै हिँड्न सकिँदैन श्रीमानलाई बाटो देखाउँदै सुल्टो हिँडेर सहयोग गर्दै आएकी छन् सम्झना । उनको यात्रालाई सहजीकरण गरि आएको श्रीमती सम्झनाको भनाइ छ ।
पदयात्री थारूका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ । बाटोमा जङ्गलसमेत भएका हुँदा त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उनी बताउँछन् । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउँदै उनले दुई दिनमा राजमार्ग आसपासका ट्र«फिक प्रहरीले भने सहयोग पुर्याएको अनुभव सुनाउँछन् । यसरी नै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उनको आत्मविश्वास छ ।
यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउँदै पदयात्री रुपना भन्छन्, “बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्भाव पाएको छु, यस्तै सहयोग पाए आभारी हुने थिए ।”
पदयात्रा हरेक मानिसको आ–आफ्नो रहर भए पनि यस कार्य भने फरक भएको उनको बुझाइ छ । मेरो उद्देश्य सारा पृथ्वीजगत्को कल्याणको छ, मनभरि यही कामना लिएर यात्रारत भएको उनले सुनाए । यात्रा काठमाडौँ पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उनी बताउँछन् । उल्टो हिँडेर पशुपतिनाथ मन्दिरको पहिलोपटक दर्शन गर्ने इच्छा भएको भन्दै उनले त्यसलगत्तै महाकालीसम्मको आफ्नो गन्तव्यमा लाग्ने योजना बताए ।
आफूले यात्राका क्रममा देखेका भोगेका र विश्वशान्तिका सद्कर्मका बारेमा सामान्य भलाकुसारीसँगै अनुभव आदानप्रदान गरि आएका छन् । यो यात्राले आफ्नो जीवनलाई सतकर्ममा हिँड्न प्रेरणा दिने ठान्छन् उनी । उनले भने, “पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: