Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

युक्रेनमा राजनीतिक उतारचढावका बीच रुसको भीषण आक्रमणविरुद्ध तयारी

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताएका छन्।

रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा केही घण्टा अघि मात्र रेज्निकोफले नयाँ आक्रमणबारे प्रतिक्रिया दिएका थिए। जेलेन्स्कीको दलका एक युक्रेनी राजनीतिज्ञका अनुसार उनको ठाउँमा सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभ नियुक्त हुनेछन्।

रक्षामन्त्रालयमा भ्रष्टाचारसम्बन्धी घटनाको शृङ्खलाकाबीच यो परिवर्तन भएको हो। केही रक्षा अधिकारीहरूले सेनाका लागि खाद्यान्न खरिदका लागि तय गरिएको कोष हिनामिना गरेको आशङ्कासहित विवरणहरू सार्वजनिक भएका थिए। रेज्निकोफले ती विवरणको खण्डन गरेका छन्।

युक्रेनी सांसद डेभिड अरखामियाले आइतवार "युद्धले कर्मचारी सम्बन्धी नीतिहरू निर्देशित गर्ने" बताउँदै फेरबदलको घोषणा गरेका हुन्। युक्रेनमा पश्चिमी हतियार ल्याउने प्रयासमा खटिएका रेज्निकोफले अब 'स्ट्रयाटिजिक इन्डस्ट्रीज' मन्त्रीको जिम्मेवारी वहन गर्नेछन्।

राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार विरोधी अभियानका रूपमा धेरै वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।

यसअघिको पत्रकार सम्मेलनमा रेज्निकोफले तत्काल नयाँ आक्रमण गर्न रुससँग स्रोतहरू तयार नरहेको बताएका थिए। तर, फेब्रुअरी २४ मा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेको एक वर्षको पुगेको उपलक्ष्यमा त्यसो गर्न सक्ने बताएका हुन्।

उनका अनुसार रुसले पूरै पूर्वी डोनबास कब्जा गर्नुका साथै युक्रेनको दक्षिणी भेगमा आक्रमण सुरु गर्ने ठानिएको छ।रक्षामन्त्रीले सोमवारदेखि युक्रेनी सेनाले जर्मन निर्मित लेपर्ड टू ट्याङ्कको तालिम सुरु गर्ने जानकारी दिए।

रेज्निकोफले युक्रेनले १५० किलोमिटर परसम्म प्रहार गर्नसक्ने लामो दुरीका नयाँ क्षेप्यास्त्रहरू सुरक्षित गरेको तर ती रुसी भूभागमा प्रयोग नगरिने बताए। उनका अनुसार ती युक्रेन नियन्त्रित रुसी एकाइहरू विरुद्ध मात्र प्रयोग गरिने छ।

"म हामीले यो युद्ध जित्ने कुरामा ढुक्क छु," रेज्निकोफले भने। तर, पश्चिमी लडाकु विमानहरू नआइपुगेको खण्डमा "अझै धेरै मानिसहरूले ज्यान गुमाउने" उनले बताए।

युक्रेनमा पश्चिमी हतियारहरूको प्रवाहका बाबजुद बाख्मुत क्षेत्रमा रुसको प्रभाव बढ्दो छ। उसले त्यहाँ थप सेनाहरू पठाइरहेको छ। रुसमा भाडाको अर्धसैनिक समूह वाग्नरले यस क्षेत्रमा थुप्रै लडाइँहरूको नेतृत्व गरेको छ।

उक्त समूहका प्रमुख येभगेनी प्रिगोजिनका अनुसार सहरका केही क्षेत्रहरूमा सडकैपिच्छे भयानक लडाइँहरू भएका छन् र युक्रेनका सशस्त्र सेनाहरू "जित्नको लागि हरेक प्रयास गरिरहेका छन्।“

रुसी सेनाले महिनौँदेखि बाख्मुत कब्जा गर्ने प्रयास गर्दै आएका छन्। रुसले करिब एक वर्षअघि युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछिको यो सबैभन्दा लामो युद्ध हो।

डोनबास क्षेत्रलाई आफ्नो पूर्ण नियन्त्रणमा लिने रुसी उद्देश्यको पूर्तिका लागि उक्त भूभाग कब्जा गर्नु उसको लागि निकै महत्त्वपूर्ण छ। यसले हालैका महिनाहरूमा युक्रेनमा प्रभाव गुमाएको रुसको भाग्य परिवर्तनको समेत सङ्केत गर्न सक्छ।

आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले भने: "डोनेट्स्क क्षेत्रमा भयङ्कर युद्धहरू भइरहेका छन् र परिस्थिति कठिन छ।"

तर, आफूहरूसँग “आफ्नो रक्षा गर्नु र जित्नुको विकल्प नभएको" उनले बताए। यूकेको रक्षा मन्त्रालयले रुसी सेनाले बाख्मुतलाई घेरा हाल्दै जाँदा युक्रेनी सेनाहरू झन्झन् दबिँदै गएको जनाएको छ। उसका अनुसार त्यहाँ जाने दुई मुख्य सडकहरूमा आक्रमणको खतरा रहेको छ।

फरक घटनाक्रममा उत्तर-पूर्वी सहर खार्किभमा आवासीय भवनहरूमा भएको आक्रमणमा पाँच जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै डोनेट्स्क क्षेत्रमा रकेट आक्रमणको क्रममा अन्य पाँच जना घाइते भएका क्षेत्रीय नेता पाभ्लो किरिलेन्कोले बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो, फोटोकपी मेसिन राखेर चिट बनाउन गिरोह नै सक्रिय

सिराहा । परीक्षा सुरु भएको १० मिनेट पछि नै एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न प...

आयरल्याण्ड उल्भ्सविरुद्ध भिड्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु मैदानमा ट्वान्टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ ।  यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थ...

नवनियुक्त मन्त्री बज्राचार्यलाई हानेपाले कारबाही गर्ने

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । पार्टीको निर्णयविपरित स...

धादिङकी डाक्टर प्रतिभा धौभडेल घर बिदामा थिइन्, काठमाडौंमा मृत भेटिइन्

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल काठमाडौँको छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्। ३४ वर्षीय डाक्टर धौभडेल आफ्नै...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ...

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्...

आइतबारदेखि मात्रै मौसममा सुधार आउने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जना...

देशैभर आज पनि मौसम नखुल्ने, शनिबारसम्म वर्षाको प्रक्षेपण

काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...

नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र ?

काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies