Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रदेश सञ्चार ऐन छिट्टै आउँछ, मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताएका छन् । 

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐनको मैस्यौदा तयार भइसकेको बताए ।

उनले प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानुनबाट सञ्चार प्रतिष्ठान गठन गर्ने भनाइ राखे । उनले प्रदेशको नाम सकेसम्म सहमतिबाट नामकरण गर्ने र त्यो सम्भव नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने स्पष्ट पारे । कामको बोँझ नथपिएसम्म प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार नगर्ने उनको भनाइ छ । गठबन्धनबाट बनेको यो सरकारले छिट्टै गति लिनेमा उहाँको विश्वास व्यक्त गरे । 

उक्त अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा रू ११ हजार एक सय राशिको कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र रू १५ हजार पाँच सय राशिको जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारीले पुरस्कृत भएका छन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री जीवन घिमिरेले पत्रकारले व्यावसायिक मर्म र धर्मलाई स्थापित गर्नुपर्ने बताए । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए ।

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies