Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नेपाली भाषीलाई विदेशी मूलका भनेपछि सिक्किम आन्दोलित, बन्दको घोषणा

भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । भारतीय हिमाली राज्य सिक्किमका 'पुराना बसोबासी'हरूको आयकर छुट सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले जारी गरेको आदेशमा सिक्किममा बसोबास गर्ने नेपाली भाषीलाई विदेशी मूलका भनेपछि सिक्किम अहिले आन्दोलित छ।

भारतका नेपाली भाषीहरूले अहिले अदालतको फैसलाले आफूहरूलाई विदेशी बनाएको भन्दै तीव्र आक्रोश पोखेका छन्।

सन् १९७५ भन्दा अघिदेखि सिक्किममा बसोबास गर्नेहरूको संस्था 'एसोसिएसन अफ ओल्ड सेट्लर्स अफ सिक्किम'ले अन्य समुदायलाई प्रदान गरे जसरी नै आफूहरूलाई पनि आयकर छुटको व्यवस्था गर्न भारतको सर्वोच्च अदालतमा सन् २०१३ मा मुद्दा दर्ता गराएको थियो।

अदालते गत जनवरी १३ मा उक्त मुद्दामा फैसला गर्दै सिक्किममा बस्ने नेपाली भाषीलाई विदेशी मूलका भनी व्याख्या गरेको भारतका नेपाली भाषीहरूको भनाइ छ ।

अदालतको उक्त फैसला सार्वजनिक भएपछि सिक्किममा सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चासमेत आन्दोलित बनेको छ । सत्तारुढ दलकै नेतृत्वमा सिक्किममा प्रदर्शनहरू भएका छन् ।

सिक्किमका पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फ्रन्टले शनिवार र आइतवार सिक्किम बन्दको घोषणा गरेको छ।

सिक्किमको अवस्था अशान्त भइरहँदा सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चाले गत बिहीवार अदालतको उक्त फैसला पुनरावलोकनका लागि निवेदन दिएको सिक्किका मूख्यमन्त्री प्रेम सिंह तामाङका प्रेस सल्लाहकार चन्द्रप्रकाश भट्टराईले बताए।

उनले भने, 'फैसला पुनर्विचारका लागि हामीले अदालतमा राज्य सरकारको तर्फबाट निवेदन दिएका छौँ। सिक्किममा बस्ने नेपाली भाषीलाई अदालतको फैसलाले निकै आघात पुर्‍याएको छ।'

भारतको सर्वोच्च अदालतबाट आफूहरूमाथि ठेस पुग्ने किसिमको आदेश जारी भएपछि "अब के हुन्छ" भन्ने चिन्ता परेको उनीहरूले बताएका छन्।

सन् १९७५ मा भारतमा विलय भएपछि सिक्किममा अहिलेसम्म ६ जना मुख्यमन्त्री बनेका छन्। तीमध्ये ५ जना नेपाली भाषी समुदायबाट छन्।

भारतमा बसोबास गर्ने 'गोर्खाली'हरूको छाता सङ्गठन भारतीय गोर्खा परिसङ्घका अध्यक्ष मुनिस तामाङले अदालतको अबको कदमले नै भावी रणनीति तय गरिने बताए। उनले भने, "हामी पनि कानुनविद्हरूसँग छलफल गर्दैछौं। यो विषय गम्भीर हो।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending