Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

शिक्षा गुणस्तरयुक्त भए मुलुकको समृद्धिः शिक्षामन्त्री

\"Chitralekha_Yadav\"काठमाडौं । शिक्षामन्त्री चित्रलेखा यादवले गुणस्तरीय शिक्षा प्राप्त भएमा मात्र नेपालको समृद्धि सम्भव हुने बताएकी छन् । ‘सर्वोत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आजदेखि सुरु भएको दुई दिने प्रथम ‘व्यवस्थापन अध्ययन प्रदर्शनी’ को उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय शिक्षा स्वदेशमा सम्भव भएको र यसले नेपालको सुन्दर भविष्य सुनिश्चित गर्ने बताइन । उनले भनिन– ‘नेपाललाई मानव सभ्यताको उत्कृष्ट नमुना बनाउने साधन पनि शिक्षा नै हो । त्यसैले शिक्षाको गुणस्तर बढाउन सबै लाग्नुपर्छ ।’ पाठशाला एजुकेसन फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएकासहित व्यवस्थापनसम्बन्धी विभिन्न ३० कलेजको सहभागिता छ । हाल मुलुकमा व्यवस्थापन विषयका करिब तीनसय कलेज सञ्चालनमा छन् । सभासद् तथा उच्चमाध्यमिक विद्यालय सङ्घका अध्यक्ष उमेश श्रेष्ठले नेपालमा हरेक विषयका उत्कृष्ट शिक्षालय स्थापित भइसकेकाले उच्च शिक्षाका लागि विदेश धाउन नपर्ने बतए । मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफूहरूले स्वदेशी शिक्षालयबाट उत्पादित जनशक्तिलाई सेवा प्रवेशका क्रममा प्राथमिकता दिने गरेको जनाए । फाउन्डेसनका प्रबन्ध निर्देशक लक्ष्मण मण्डलले उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेका नेपाली विद्यार्थीका लागि सर्वोत्कृष्ट शिक्षा नेपालमै दिलाउन शैक्षिक परामर्श तथा पूर्व तयारीका लागि प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending