Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अमेरिकी आकाशमा 'चीनको जासुसी बलुन', निगरानीका क्रममा के देखियो?

खबरडबली संवाददाता

काठमाडौं ।  यसै साता उत्तरी अमेरिकाको आकाशमा देखिएको एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको अमेरिकाले निगरानी गरिरहेको छ।

एक सम्मेलनमा पेन्टागनका अधिकारीहरूले आफूहरू "उच्च स्थानमा उड्ने उक्त निगरानी बलुन चीनकै भएकोमा विश्वस्त रहेको" बताए।

अमेरिकी सेना प्रमुखहरूले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ।

ह्वाइट हाउसले अधिकारीहरूलाई उक्त बलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ-२२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको पहिचान गोप्य राख्ने सर्तमा एक जना रक्षा अधिकारीले जानकारी दिए।

उक्त उड्डयन सामग्री बुधवार निकै कम जनसङ्ख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखियो। त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ।

पेन्टागनका अधिकारीहरूका अनुसार बुधवार खतराको आकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली लगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठक बसेका थिए।

सैन्य कमान्डरहरूले बलुनविरुद्ध "गति केन्द्रित कारबाही" नगर्न सल्लाह दिए। त्यसो गर्दा त्यसको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय छ।

"त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएका"ले अमेरिकी गुप्तचरविरुद्ध "उल्लेखनीय रूपमा खतरा" नभएको वरिष्ठ रक्षा अधिकारीले बताए। बलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा "धेरै" माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको उनले बताए।

अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जानकारी दिए। "हामीले यस मुद्दालाई गम्भीरताका साथ लिएको बारे उनीहरूलाई जानकारी गराएका छौँ," अधिकारीले भने।

वासिङ्टन डिसीस्थित चिनियाँ दूतावासले यस विषयमा तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा प्रतिक्रिया जनाएन। सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको अधिकारीहरूले बताए।

पेन्टागनमा बिहीवार भएको ब्रिफिङका क्रममा भने अधिकारीहरूले उक्त बलुन अहिले कहाँ छ भन्ने कुरा खुलाउन चाहेनन्। उनीहरूले त्यसको आकारसहित थप विवरणहरू उपलब्ध गराउन समेत अस्वीकार गरे।

"आकाशमा धेरै माथि भए पनि विमानचालकहरूले त्यसलाई देखेको विवरण आएका छन्," नाम नखुलाएका रक्षा अधिकारीले भने। "त्यसैले यो ठूलो छ।"

उनका अनुसार विगत केही वर्षहरूयता अमेरिकाको आकाशमा यस्तै बलुनहरू देखा परेका छन्। तर अहिले देखिएको बलुन "लामो समयको लागि यताउता गरिरहेको देखिन्छ" र अघिल्ला जासुसी उपकरणहरूभन्दा "बढी दृढ" रहेको छ।

यो अमेरिकाको विशेष क्षेत्रमै किन देखियो भन्ने कुरा स्पष्ट छैन। बिलिङ्स माल्मस्ट्रोम एअर फोर्स बेसको करिब ४०० किलोमिटर दक्षिणपश्चिम भेगमा पर्छ। यो एअर बेस ती तीन अमेरिकी हवाई अड्डाहरूमध्ये एक हो जहाँ पारमाणविक योग्यता भएको माइन्यूटम्यान थ्री अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र राखिएको छ।

पेन्टागनका अधिकारीहरूले त्यही हवाई अड्डा निगरानी गर्ने उद्देश्य थियो कि भन्ने कुरा पुष्टि गर्न अस्वीकार गरे। तर "हालको उडान मार्ग प्रयोग गरेर निकै संवेदनशील क्षेत्रहरूमा जान सक्ने" कुरामा सहमत भए।

कथित जासुसी उपकरणहरूले बुधवार मोन्टानाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अन्योलमा पारेको छ। मानिसहरूले आकाशमा पहेँलो गोलो वस्तुको तस्बिरहरू साझा गरे जुन चन्द्रमाबाट पर देखिन्थ्यो। अन्य केहीले उक्त क्षेत्रमा अमेरिकी सैन्य विमानहरू देखेको बताए।

फलस्वरूप, उड्डयन अधिकारीहरूले बिलिङ्स लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ग माइल एअरस्पेस दुई घण्टाको लागि बन्द गरे। यो घटना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको चीन भ्रमण अघि घटेको हो।

यी शीर्ष अमेरिकी कूटनीतिज्ञ अर्को साता बेइजिङमा सुरक्षा, ताइवान र कोभिड-१९ लगायतका विभिन्न विषयहरूमा वार्ता गर्न जाने बताइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  ...

विपिन जोशीका बुवाआमालाई प्रधानमन्त्रीले भने- सकारात्मक परिणाम आउनेमा आशावादी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...

भारतमा लोकसभा निर्वाचन- पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...

आगलागी हुँदा सात बिघा जमिनमा लगाएको गहुँ खेतमै जल्यो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...

निजी विद्यालयलाई महानगरको चेतावनी- एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies