Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

देउवा प्रधानमन्त्री बन्ने दाउमा कि राष्ट्रपति बन्न तयार ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ।

किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने प्रस्ताव हो भन्ने कांग्रेस नेताहरूको बुझाइ छ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादी नेताहरूले त्यसलाई ‘राष्ट्रिय सहमति’को आधारको रूपमा प्रस्तुत गरिरहेका छन्।

त्यस्तै ‘सरकार गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको शैली प्रधानमन्त्री प्रचण्डलाई बिझाएको’ उल्लेख गर्दै शक्ति सन्तुलनका दृष्टिले पनि राष्ट्रपतिमा सहमति आवश्यक रहेको भन्ने कतिपय माओवादी नेताको सार्वजनिक अभिव्यक्तिले झन् स्पष्ट पारेको छ, माओवादीले राष्ट्रिय सहमति नेपाली कांग्रेसको नाममा खोज्न चाहेको छ।

पहिले गठबन्धन तोड्ने उद्देश्य?

तर राष्ट्रपतिमा आकाङ्क्षा राखिरहेको सबैभन्दा ठूलो दल कांग्रेस आफैले अर्को आकाङ्क्षी नेकपा एमालेसँग राष्ट्रिय सहमतिको निम्ति कुनै पहल गरेको देखिन्न।

कांग्रेसका प्रवक्ता प्रकाश शरण महत भन्छन्, “एमालेले पनि हामीले जस्तै आफै हुनुपर्छ भनिरहेको छ, त्यसबारे एमालेसँग छलफल गरेका छैनौँ।”

अर्थात् कांग्रेस माओवादीलाई एमालेबाट अलग गर्न चाहन्छ। आफूलाई राष्ट्रपतिमा माओवादीले साथ दिएमा गठबन्धन फुट्ने उसको विश्वास हो।

र, त्यो कुरा रामचन्द्र पौडेल लगायतका कांग्रेस नेताहरूले सार्वजनिक रूपमा भनी रहेकै पनि छन्। जबकि नयाँ सत्ता समीकरण गर्दा राष्ट्रपतिमा नेकपा एमालेलाई सघाउने सहमति जनाएरै प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

नाम उल्लेख नगर्ने सर्तमा एक माओवादी नेताले भने, “माओवादी अस्थिर नभएको भए अस्तित्व नै सकिने थियो। तर पार्टीको अस्थिरपना प्रगतिशील कि पश्चगामी भन्ने प्रश्न हो।”

उनका अनुसार माओवादी छलफल र बैठकहरूमा पनि त्यो विषयमा चर्चा र विश्लेषण भएको पनि छ।

राष्ट्रपति बन्लान् देउवा?

कांग्रेसले राष्ट्रपति पाउँदा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा चलिरहेको छ। तर सभापति देउवालाई नै राष्ट्रपति बन्न आग्रह भएको कुरा पनि उठेको केही नेताहरूले बीबीसीलाई बताए।

त्यो अवस्थामा पौडेललाई संसदीय दलको नेता बनाउने विषयमा पनि चर्चा भएको कांग्रेसका एक नेताको भनाइ छ।

सभापति नै राष्ट्रपति बनाउने कुरा पार्टीमा स्वीकार्य नहुने बताउँदै देउवा खेमाका ती नेताले भने, “त्यसको निम्ति सभापति त सर्वस्वीकार्य हो दल बाहिर पनि। तर हामीलाई गाह्रो हुन्छ। पार्टीमा साथीहरूले मान्दैनन्।”

पार्टी प्रवक्ता महतले पनि देउवा राष्ट्रपति बन्ने सम्भावना नरहेको बताए। उनले भने, “अरूले उहाँको बारेमा सोच्ने कुरा बेग्लै कुरा हो तर उहाँ सक्रिय पार्टी नेतृत्व छाडेर राष्ट्रपतिमा जान इच्छुक हुनुहुन्न।”

देउवा फेरि प्रधानमन्त्री?

कतिपयका बुझाइमा देउवा राष्ट्रपति भएमा कांग्रेसको तर्फबाट यही बीचमा प्रधानमन्त्री बन्ने खेल अन्त्य हुनसक्छ। र, त्यसको सिधा लाभ प्रधानमन्त्री प्रचण्डलाई पुग्न हुनसक्छ।

सत्ता गठबन्धनभित्र दबाव बढाएर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने गरी एमालेसँग लिखित सहमति गर्ने प्रयासमा रहेको सत्तापक्षका केही नेताहरूको आशङ्का छ।

कांग्रेसको विश्वासको मतले प्रचण्डलाई बलियो बनाएकाले पनि त्यस्तो आशङ्कालाई बल दिएको ठानिन्छ। तर कांग्रेस नेताहरू प्रचण्ड पुरानै गठबन्धनमा फर्किनेमा निकै आशावादी सुनिन्छन्।

नाम खुलाउन नचाहने बीबीसीसँग कुराकानी गरेका ती नेताहरूले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई साथ दिने बताए।

एक थरी नेता त प्रचण्डका निम्ति सत्ता सहयात्राका निम्ति ओलीभन्दा देउवा सहज भएको भन्दै प्रधानमन्त्रीमा आलोपालो गर्न समेत प्रचण्ड तयार हुनेमा विश्वस्त सुनिन्छन्।

सत्ताधारीबीच चरणबद्ध विवाद

उनीहरूका भनाइमा गृह मन्त्रालयको विवादको सृजना र त्यसै कारण स्वतन्त्र पार्टीको असन्तुष्टि अनि राप्रपाका मन्त्रीलाई गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताविरुद्ध बोल्ने छुट नभएको प्रधानमन्त्रीको भनाइ र त्यसलाई लिएर संसद्‌मा भएको वाद प्रतिवाद नयाँ समीकरणको निर्माणका खुड्किला हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले ढिलोचाँडो सरकार छोड्ने निर्णय गरेमा त्यसै योजनाअनुसारको पहिलो सफलता हुनेछ र राष्ट्रपति चुनावमा पुगेर निष्कर्षमा पुग्ने उनीहरूको विश्वास छ।

एमाले नेताहरूले भने माओवादीबाट सहमति नतोडिनेमा आफूहरू विश्वस्त रहेको बताउन छाडेका छैनन्। तर माओवादीभित्र वर्तमान समीकरणका पक्षधर कमजोर रहेको भन्दै त्यो पनि नयाँ समीकरणको पक्षमा बलियो आधार बनेको कांग्रेस नेताहरूको बुझाइ पाइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending