Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सन्दीप लामिछानेलाई थुनामा पठाउन माग गरिएको निवेदनमा सुनुवाइ हुँदै

निलम्बन फुकुवासँगै आजै बन्द प्रशिक्षणमा फर्किँदै

खबरडबली संवाददाता

काठमाडौं । जबरजस्तीकरणीको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा फर्काउने मागसहित परेको रिटमा आज सर्वोच्च अदालतमा सनुवाइ हुने भएको छ। 

उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप ९९ सय दिन थुनामा बसेर रिहा भएका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नपर्ने मागथसहित सर्वोच्चमा निवेदन दिएपछि आज पेसी तोकिएको हो। 

उच्च अदालतको आदेशले छुटेका सन्दीप आजैबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किँदैछन्। यता सर्वोच्च अदालतमा भने उनले प्रशिक्षण थालेकै दिन थुनामा पठाउने मुद्दामा सुनुवाइ हुने भएको छ। 

नेपाल क्रिकेट संघ क्यानले बिहीबारमात्रै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि माघ १७ गते पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवाको निर्णय गरेको थियो। 

जबरजस्तीकरणीको मुद्दामा असोज २० गते पक्राउ परेसँगै तत्कालिन कप्तान लामिछाने निलम्बनमा परेका थिए। 

आगामी फागुन २ देखि ९ सम्म कीर्तिपुरमा हुने त्रिदेशीय सिरिजमा सन्दीपलाई समेट्दै २० सदस्यीय टोली घोषणा गरिएको छ। त्रिदेशीय सिरिजमा नेपालसहित नामविया र स्कटल्याण्डबीच खेल हुनेछ। 

सन्दीप उच्च अदालतको आदेश पुस २९ गते रिहा भएका हुन्। त्यसअघि जिल्ला अदालत काठमाडौंले भने उनलाई पुर्पक्षका लागि थुनामाा पठाएको थियो। अब सर्वोच्चले उच्चको आदेश सदर गरे सन्दीपले क्रिकेट खेल्न पाउनेछन्। 

जिल्ला अदालतले झैं पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो भने उनलाई पुनः कारागार फर्काइनेछ। तर सर्वोच्चले शुक्रबार भने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन मात्रै आदेश दिने सम्भावना छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिष्टहरू मिल्दैनन् तर बारम्बार किन एकता वा सहकार्यको कुरा गर्छन् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।  गाईखर्क सामुदायिक वनमा मङ्गलब...

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।  गाजामा जारी युद्ध अन्त्य ग...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।  बलरा नगरपालिका–६,...

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...

मलेसियाको श्रम नीतिले नेपाली श्रमिकलाई असर

काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ।  केही दिनअघि आप्रवासी श्...

झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पश्चिमबाट पूर...

संकटमा प्रचण्ड सरकार : नयाँ कोर्स अघि बढाउन कांग्रेस-एमाले संवादमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies