Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

खबरडबली संवाददाता

नवलपुर । सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ। जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको संख्या घट्दै गएपछि २०३५ सालमा मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो।

घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक हुनु, सामान्य खालको दबाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा विचरण गर्ने ठूला खाले कछुवालगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको सङ्ख्या घटेपछि प्रजनन केन्द्र स्थापना भएको निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत एवं संरक्षणकर्मी बेदबहादुर खड्काले बताए।

स्थापना कालमा नारायणी नदीको बगरबाट घडियालको अण्डा सङ्कलन गरेर यस केन्द्रमा बच्चा हुर्काइएको थियो। केन्द्रमा हुर्किएका घडियालले २०५१ सालदेखि नै निरन्तर रुपमा बच्चा कोरली रहेका छन्।

केन्द्रमा हुर्किएका घडियाल तथा नारायणी नदी तथा राप्ती नदी किनारबाट ल्याइएका अण्डाबाट बच्चा हुर्किएपछि निकुञ्जले घडियाललाई खुला प्रकृतिमा लगेर छोड्ने गरेको खड्काले बताए। निकुञ्जले वर्षेनी नदी किनारमा गएर घडियालको गुँड खोज्ने तथा खतरा ठाउँमा रहेका अण्डा गुँडबाट झिकेर प्रजनन केन्द्रमा लैजाने गरेको छ। खोलाको छेउमै बालुवाको ढिस्कोमा पारेको अण्डा, पानीले गुँडको ढिस्को काट्दै गरेको, पानीको बहावले बगाउने खतरा रहेको, पानीको सतहबाट कम उचाइमा रहेका गुँड तथा हात्ती, गैँडा हिड्ने बाटोमा परेका गुँडबाट निकुञ्जले अण्डा सङ्कलन गर्ने गरेको खड्काको भनाइ छ।

घडियालको अण्डाबाट बच्चा निस्कन ९० दिन लाग्छ। प्रजनन केन्द्रमा बच्चा कोरलेपछि हुर्किएका घडियाल गोहीलाई नारायणी, राप्ती, रिउ, कालिगण्डकी, कर्णालीसहितका विभिन्न नदीमा लगेर छोड्ने गरिएको छ। घडियाल प्रजनन केन्द्र स्थापनापछि २०३९ देखि नै यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न प्रमुख नदीमा लगेर छोड्ने काम भइरहेको खड्काले बताए।

केन्द्रमा हुर्काइएकामध्ये हालसम्म एक हजार ५१५ वटा गोही प्रकृतिमा लगेर छोडिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएका छन्।

आचार्यकाअनुसार हालसम्म राप्तीमा ८३५, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् । निकुञ्जले छोडेको गोहीलाई ¥याफ्टिङ डुङ्गा तथा काठे डुङ्गाको सहायताले समय समयमा अनुगमन गर्ने गरिएको छ।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ५०२ वटा गोही छन्। प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही छ। केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए। उनका अनुसार केन्द्रमा उपवयस्क अवस्थाका १८, किशोरावस्थाका ३४३, साना बच्चा ६० र यस वर्ष जन्मिएका बच्चा ६८ वटा घडियाल गोही छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending