काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल आज नेपाल आउने भएका छन्। हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो।
शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ।गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।
मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्।
मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ। उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृह मन्त्रीसँग छलफल हुनेछ। मलेसियाले नेपालमै सुरक्षागार्डको तालिम दिने विषयमा पनि नेपाल सरकारसँग छलफल गर्नेछ।
अदक्ष श्रमिक लैजाँदा समस्या देखिएको भनदै मलेसिया जाने सुरक्षागार्डलाई यहीँ तालिम लिएर जाने र त्यसका लागि नेपालमा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव मलेसियाले गर्नेछ।
यस्तै यसअघि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको विषयमा पनि दुई देशबीच छलफल हुने भएको छ। मलेसियामा कार्यान्वयनमा रहेको सामाजिक सुरक्षाको कार्यक्रममा नेपालीलाई पनि अनिवार्य समेट्न माग गर्ने भएको छ।
यस्तै म्यानपावर व्यवसायीले पनि मलेसियाको टोलीसँग भेट्न खोजिरहेका छन्। व्यवसायीले भने मलेसियासँग यसअघि सरकारले गरेको सम्झौताको पुनरवलोकनको माग गर्ने भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: