काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति, गृहमन्त्रीका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरुको धारणा बुझ्नेछन्।
निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन घोषणा गरिसकेको छ। यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ।
निर्वाचन मितिसमेत तय भइसकेको अवस्थामा माओवादीले राष्ट्रपतिबारे छलफल गर्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रिपति चयनमा जोड दिँदै आएका छन्।
सत्ता साझेदार ठूलो दल नेकपा एमालेले भने सरकार गठनकै बेला राष्ट्रपति आफूले पाउने सहमति भएको दाबी गर्दै आएको छ। तर प्रधानमन्त्री प्रचण्डले भने आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपति बनाउन चाहिरहेका छन्। सत्ता गठबन्धनभित्र राष्ट्रपतिको विषयले खटपट सुरु भएको विलेश्लेषणसमेत हुन थालेको छ।
यद्यपि, नेताहरुले यसलाई अस्वीरका गर्दै सहमतिमै राष्ट्रपतिको टुंगो लाग्ने दाबी गर्दै आएका छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि जोड दिँदै आएका प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग मिल्ने हुन् कि भनेर एमाले सशंकित बनेको छ।
यस्तै, नागरिकता विवादमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदसमेत गुमाएका थिए।
हाल गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहत नै राखेका छन्। लामिछानेले पुनः नागरिकता लिएसँगै फेरि गृहमन्त्रीमा दाबी गर्दै आएका छन्।
उनलाई तत्काल गृहमन्त्रालय नदिने अध्यक्ष प्रचण्डले अडान लिँदै आएका छन्। तर, एमाले अध्यक्ष ओलीले पनि लामिछानेलाई गृहमन्त्रालयमै फर्काउन प्रचण्डमाथि दबाब बढाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: