Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

राष्ट्रपति दलीय कि गैरदलीय ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति तोकिए पनि दलहरूले कसलाई राष्ट्रपति बनाउने विषयमा निष्कर्ष निकाल्न सकेका छैनन्। 

सत्तारुढ दल नेकपा एमालेले भागबण्डाका आधारमा राष्ट्रपति एमालेले पाउने दाबी गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुनिने बताइरहेका छन्। त्यतिमात्र होइन माओवादी बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ। जसका कारण एमाले संशकित बनेको छ। 

यता निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै आएको छ। केहीअघि महामन्त्री विश्वप्रकाश शर्माले सभामुखमा आफूहरू पराजित भए पनि राष्ट्रपति आफूहरूले भनेकै मान्छे हुने दबी गरे। उनको आश्य गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने हो।

२५ पुसमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच पनि यही विषयमा मौखिक सहमति भएको बताइन्छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने र कांग्रेसलगायत दलहरूकै समझदारीमा राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। प्रचण्डको प्रस्ताव स्वीकारे गरेरै कांग्रेसले २६ पुसमा विश्वासको मत दिएका थिए। त्यसयता भएको सर्वदलीय बैठकमा पनि कांग्रेसलगायत दलहरू सहभागी भएका छन्। 

माओवादीका स्थायी समिति सदस्य नारायण दाहालले राष्ट्रपतिमा पार्टीभन्दा माथि उठेर देशको नेतृत्व गर्नसक्ने पात्रको खोजी भइरहेको बताए। 'हामीले तात्कालिकभन्दा दीर्घकालीनरूपमा राजनीतिक स्थिरता खोजेका छौं। देशलाई निकास दिन, देशलाई स्थिरतामा लैजानका निम्ति त्यस्तो पात्र खोजेका हौं,' उनले भने। 

उनले गैरदलीय भन्न नचाहे पनि सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी गरेको बताए। पोल्टिकल चेतनाचाहिँ हुनुपर्छ भनेका छौं। जसले राष्ट्रिय एजेण्डालाई बुझोस्,' उनले थपे। 

कांग्रेसका एक पदाधिकारीले भने ननपोलिटकल भए पनि कांग्रेसकै प्रस्तावमा नयाँ राष्ट्रपति बन्ने दाबी गरे। उनले त्यसका लागि कांग्रेसले गृहकार्य सुरु गरिसकेको बताए। 'निर्वाचनको परिणामले पनि कांग्रेसले राष्ट्रपतिको कार्यभार सम्हालोस् भन्ने थियो। तर गठबन्धन जेजसरी बने पनि राष्ट्रपति कांग्रेसले भनेकै व्यक्ति हुन्छ। त्यो चाहे पोलिटिकल होस् या ननपोलिटिकल,' ती पदाधिकारीले कांग्रेससँग भने। 

दलीय राष्ट्रपति हुँदा पार्टीको स्वार्थ जोडिने भएकाले गैरदलीय व्यक्तिको विषयमा बहस सिर्जना भएको हुनसक्ने विश्लेषकहरू बताउँछन्। जसको दृष्टान्त नागरिकतालगायत विधेयकहरू भएको उनीहरूको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएका अध्यादेश र दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending