Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रधानमन्त्रीलाई रास्वपाको चेतावनी- गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन्छौं

एमालेले अर्थ लिइसकेकाले प्रधानमन्त्रीले गृह राख्नुपर्छ : देव गुरुङ

खबरडबली संवाददाता

प्रधानमन्त्रीले आफ्नो चाहनाले गृह मन्त्रालय लामिछानेलाई दिनुभएको होइन । ओलीले योजनाबद्ध ढंगले गृह मन्त्रालय रविलाई दिलाउन दबाब दिनुभयो। त्यस बेला जसरी पनि बहुमत पुर्‍याउनुपर्ने अवस्था थियो। तर, अब त्यो बाध्यता छैन ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। 

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैं राख्ने तयारी गरेपछि रास्वपाले चेतावनी दिएको हो। 

पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सकेका छैनन् ।

रास्वपाको समर्थनबिना बहुमत पुग्न मुस्किल पर्ने स्थिति रहेको र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको दबाब हुनाले उनले गृहमा अडान लिइरहेनन् । गृहमा चाहना राखेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएका छन् । अर्को महत्त्वपूर्ण अर्थ मन्त्रालय एमालेले लिएको थियो ।

सत्ताको नेतृत्व गरेको दलले महत्त्वपूर्ण मन्त्रालय छाडेको भन्दै माओवादी नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसँग असन्तुष्टि व्यक्त गरिरहेका बेला सर्वोच्चको फैसलाले गृह मन्त्रालय रिक्त भएको हो । 

माओवादीका एक नेता भन्छन्, ‘पुस ११ मा प्रधानमन्त्रीले आफ्नो चाहनाले गृह मन्त्रालय लामिछानेलाई दिनुभएको होइन । ओलीले योजनाबद्ध ढंगले गृह मन्त्रालय रविलाई दिलाउन दबाब दिनुभयो। त्यस बेला जसरी पनि बहुमत पुर्‍याउनुपर्ने अवस्था थियो। तर, अब त्यो बाध्यता छैन ।’

लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफैंसँग राखेका छन् । अदालतको फैसलापछि आइतबार लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । उनी उपनिर्वाचनमा पुनः निर्वाचित भएर संसद्मा आउने सम्भावना पनि छ । लामिछानेलाई गैरसांसदका रूपमा मन्त्रिपरिषद्‌मा लाने सम्भावना भने कम छ ।

एमाले अध्यक्ष ओलीले गृह मन्त्रालय रास्वपालाई दिन दाहाललाई दबाब दिएको बालुवाटार स्रोतले जनाएको छ । माओवादीका महासचिव देव गुरुङले भने सरकार निर्माणका बेला गठबन्धनमा भएको निर्णय सर्वोच्चको फैसलापछि पुनर्विचार गर्नुपर्ने स्थिति बनेको बताउँछन् ।

उनले भने, ‘सर्वोच्चको फैसलापछि परिस्थिति फेरिएको छ, त्यसकारण गृह मन्त्रालयबारे प्रधानमन्त्रीले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्छ। त्यस बेला प्रधानमन्त्रीले अर्थ र गृह मन्त्रालय आफूसँग राख्नुभएन । अर्थ मन्त्रालय एमालेले लिइसकेको हुनाले प्रधानमन्त्रीले गृह मन्त्रालय आफूसँग राख्नुपर्ने हुन्छ ।’

रास्वपाका सभापति लामिछानेनिकट केन्द्रीय सदस्य दीपक बोहराले भने पुस ११ कै सहमतिअनुसार उपप्रधानसहित गृह मन्त्रालय आफ्नो पार्टीले पाएको र अहिले पनि त्यसबाट दायाँ–बायाँ गर्न नमिल्ने बताए ।

उनले भने,  ‘गृह मन्त्रालय नभए हामी सरकारबाहिर बस्छौं। सरकार निर्माण गर्ने बेला गठबन्धनमा भएको सहमतिका विषयमा प्रधानमन्त्रीज्यूसँग सभापतिले कुरा गरिसक्नुभएको छ ।’ 

प्रधानमन्त्री दाहालले भने गृह आफैंले राखेर अरू मन्त्रालय दिन सकिने संकेत लामिछानेलाई दिएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिष्टहरू मिल्दैनन् तर बारम्बार किन एकता वा सहकार्यको कुरा गर्छन् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।  गाईखर्क सामुदायिक वनमा मङ्गलब...

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।  गाजामा जारी युद्ध अन्त्य ग...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।  बलरा नगरपालिका–६,...

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...

मलेसियाको श्रम नीतिले नेपाली श्रमिकलाई असर

काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ।  केही दिनअघि आप्रवासी श्...

झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पश्चिमबाट पूर...

संकटमा प्रचण्ड सरकार : नयाँ कोर्स अघि बढाउन कांग्रेस-एमाले संवादमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies