काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) यस पटक पनि सङ्घबाटै सञ्चालन गर्ने भएको छ। सरकारले २०७६ सालमा जारी गरेको राष्ट्रिय शिक्षा नीतिअनुसार एसईई प्रदेशस्तरबाटै सञ्चालन गर्नुपर्ने हुन्छ तर शिक्षा ऐनले परीक्षा सञ्चालन गर्ने अधिकार आफूहरूलाई नै दिएको तर्क गर्दै बोर्डले सङ्घबाटै परीक्षा सञ्चालन गर्न लागेको हो।
शिक्षा नीतिले माध्यमिक शिक्षाको समन्वय, अनुगमन तथा नियमन र माध्यमिक शिक्षाको कक्षा १० को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरणको जिम्मेवारी प्रदेश सरकारको रहने उल्लेख गरेको छ।
२०२८ सालदेखि कार्यान्वयनमा रहेको शिक्षा ऐनमा संशोधन गरी माध्यमिक तहको कक्षा १० र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गरिने उल्लेख गरिएको छ।
ऐनको यही व्यवस्थामा टेकेर बोर्डले एसईई सङ्घबाटै सञ्चालन गरिरहेको छ। जब कि २०७७ सालको एसईईका बखत तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सङ्घबाट यो अन्तिम परीक्षा सञ्चालन गर्ने र आगामी वर्षदेखि यसको जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्ने सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो।
यस पटक पनि ऐनकै व्यवस्थामा टेकेर बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। तालिकाअनुसार एसईई आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजे सुरु हुने र तीन घण्टाको हुने बोर्डले सार्वजनिक गरेको तालिकामा उल्लेख छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ। अमेरिक...
पौष २० गते, २०८२ - ०९:१६
नेपालगञ्ज । बाँके जिल्लाका ५३ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । भूमि आयोग ...
पौष २० गते, २०८२ - ०९:१३
म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक...
पौष २० गते, २०८२ - ०९:०७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज भारतको राजधानी दिल्ली प्रस्थान गर्ने भएका छन्। नेकपा निकट प्रवासी नेपाली समाजले आयोज...
पौष २० गते, २०८२ - ०८:१२
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको तस्बिर सार्वजनिक गरेका छन्। ने...
पौष २० गते, २०८२ - ०८:०४
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको ‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै राजनीतिक दलका गतिविधिमा सक्रिय बन्न थालेका छन् । मन्...
पौष २० गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो ...
पौष २० गते, २०८२ - ०७:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा सभापति रवि लामिछानेले ब्...
पौष २० गते, २०८२ - ०७:५३
काठमाडौँ । सम्भावित सबै परिस्थितिको तयारीसहित पार्टी निर्णयलाई चुनौती दिँदै विशेष महाधिवेशनमा अघि बढेका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्...
पौष २० गते, २०८२ - ०७:५०
झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको ...




प्रतिकृया लेख्नुहोस्: