Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

खबरडबली संवाददाता

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । 

कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । 

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा काम रोक्नुपरेको निर्माण व्यावसायीले बताएका छन् । 

निर्माण कार्य रोकिएको चार महिनापछि चौतर्फी दबाबका कारण सुरु भए पनि सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वर जेभीका प्रतिनिधी अमृत दाहालले बताउनुभयो । सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छ््याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नुपरेको दाहालले जानकारी दिए । “सडकको क्षेत्रमा ढुङ्गा नै निस्कदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन”, उनले भने, “सर्वोच्च अदालतले रोक लगाएको भन्दै सामग्री निकाल्न नपाएपछि गाडी र कामदार थन्क्याएर हिड्ने अवस्थामा पुगेको छौँ ।”

तिहारअघिसम्म तीव्रगतिमा काम गरेर छ किलोमिटर सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल गर्ने तयारी अवस्थामा पुगेको दहालले बताए । ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकी हो । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौँ मजदुर, दर्जनौँ डोजर, टिपर थन्काएर राख्नुपरेको उनको गुनासो छ । 

कालीगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन् गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहसमेतले नदीबाट ढुङ्गागिट्टी उत्खनन्का लागि ठेक्का लगाउन सकेका छैनन् । 

जलजला गाउँपालिकाले सर्वोच्च अदालतमा पत्राचार गर्दै राष्ट्रिय गौरवको आयोजना नै बन्द हुने अवस्था भएकाले आयोजनाका लागि मात्रै भए पनि उत्खननको अनमुति दिन र मुद्दालाई छिटो किनारा लगाउन पत्राचार गरेको छ । कार्यपालिकाको बैठकले निर्णय गरेर नै आयोजनाका लागि निर्माण सामग्री निकाल्ने अनुमति दिन अदालतलाई अनुरोध गरिएको तर जवाफ नआएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। 

“सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लागेकाले ठेक्का लगाउन नसकिएको, करोडौँ राजस्व गुमेको र विकास आयोजनामा देखिएको असरलाई मध्यनजर गरेर पत्राचार गरेका छौँ, छिट्टै निकास आउने विश्वास लिएका छौँ”, अध्यक्ष आचार्यले भने। 

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending