Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

खबरडबली संवाददाता

महेन्द्रनगर ।मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेको छन् । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा ९एमाले० मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समिक्षाका साथै बाँकी योजनाका विषयमा योजना बनाएर काम गर्ने बताए । 

आज नै जनमत पार्टीका मन्त्री बसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उनले किसानहरुको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाए । यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुसाहाले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका ...

युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहि...

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भए...

पश्चिमा प्रतिबन्धका बिच चीनलाई तेल बेचेर इरानको ६ गुना बढी कमाई

तेहरान । पश्चिमी देशका प्रतिबन्धका बाबजुद इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढेको छ । इजरायल माथिको आक्रमणको प्रतिक्रियामा प्रतिबन्धहरू बढा...

काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्...

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडार...

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौँ । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ । गएराती सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो...

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी।  गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रद...

विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर...

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies