NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

‘सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’

खबरडबली संवाददाता

मोरङ । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । 

मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए।

साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसअघि स्थानीयवासीले सामाजिक सुरक्षा भत्ता लिन मधुमल्ला झर्नुपर्ने बाध्यता रहेको थियो ।

पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका नागरिकले भत्ता लिनका लागि दुई घण्टाको पैदलयात्रा र बसको यात्रापछि मधुमल्ला पुगिन्थ्यो । 

“दिनभरि बैंकमा भत्ता लिन लाइनमा बसेर घर फर्किँदा झमक्कै साँझ पर्ने अवस्था थियो”, पाँच वर्ष यसरी भत्ता लिन सास्ती खेप्नुभएका बतासे गाउँका नरेन्द्र रसाइली भन्छन्,  “अब मधुमल्ला धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।”

वडामै भत्ता वितरण गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताउनुभयो । भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको बताए।  

वडा नं २, ३, ४, ५ र ६ मा पनि वडाबाटै भत्ता वितरणको योजना गाउँपालिकाको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कित्ताकाट खुलाउन पहल

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिक...

मौसम पूर्वानुमान- चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि स...

मोफसलका ‘आँखा बा’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस...

विकासको पर्खाइमा ‘सूर्य ओढार’

कपिलवस्तु । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढ...

राहुल गान्धी बने मोदी र अदानीप्रति थप आक्रामक, अर्को निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्। गुजरातस्थित...

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जान लागेका हुन...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाह...

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

तुलसीपुर । राप्ती लोक मार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा क...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री बन्दै नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश दलीय गठबन्धनला...

कांग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने, अर्थमा प्रकाशशरणलाई पठाउने देउवाको अडान

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसे...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page