Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

डोल्पाली भन्छन्, कर्णाली दुख्दा डोल्पाका सभासद् खोइ १

डोल्पा । डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको आज पाँचाँै दिन पुगेको छ ।   त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम भइरहेका छन् । यसरी कर्णालीको अस्तित्व मेटाउन खोजिएको भन्दै कर्णालीमा दन्किएको आगोले मुगु, हुम्ला, जुम्ला, कालीकोटका सभासद्को मन पोले तापनि डोल्पाका सभासद्को मन भने नपोलेको स्थानीयको गुनासो छ । कर्णाली जोगाउनका लागि अन्य जिल्लाका सभासद्ले देखाएको चासो तथा प्रतिबद्धतालाई देख्दा कर्णालीवासीले डोल्पाका सभासद्लाई संसद्मा खोज्न थालेका छन् । कर्णालीको अस्तित्व जोगाउन सबै जुटाँै भन्दै पाँच जिल्लामा हजारौँको सङ्ख्यामा कर्णालीवासी सडकमा आउँदा डोल्पाका सभासद् धनबहादुर बूढा भने बेखबर भएको डोल्पालीले बताएका छन् ।   दुखेको कर्णालीको सहयोग समर्थनका लागि चार जिल्लाका सभासद्ले विभिन्न कार्यक्रम, सञ्चारमाध्यममार्फत तथा संसद्मा पनि राज्यसँग कर्णालीवासीको माग सम्बोधन गर्न माग गर्दा डोल्पाका नेकपा ९एमाले०का वर्तमान सभासद् बूढाले भने कर्णाली विषयमा भने केही नबोलेकाले डोल्पालीको मन दुखेको स्थानीय समाजसेवी ज्योतिप्रसाद पहाडीले बताए । अनिश्चित्कालीनरुपमा आह्वान गरिएको कर्णाली बन्द कार्यक्रमअन्तर्गत डोल्पामा पनि आन्दोलनलाई थप सशक्त बनाइएको छ ।   डोल्पाका सम्पूर्ण व्यवसायी, नागरिक समाज तथा सरोकारवाला पक्षले आन्दोलन चर्काउँदा सभासद् बूढाले चासो नदेखाएपछि सभासद्ले डोल्पा बिर्सेको अनुभूति डोल्पालीले गरिरहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बूढाले बताए ।   कर्णाली दुख्दा अन्य जिल्लाका सभासद्ले देखाएको जिल्लाप्रतिको उत्तरदायित्व देख्दा डोल्पाका सभासद् भने मौन भएकोमा डोल्पालीको आशा निरासामा परिणत भएकोसमेत उनले बताए ।   दोस्रो संविधानसभाको चुनावमा डोल्पामा छिटोभन्दा छिटो मोटर बाटो पु¥याउने, सिटामोल नपाई अकालमै ज्यान गुमाउने डोल्पालीलाई जिल्लामै सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग मागराख्ने प्रतिबद्धता व्यक्त गर्दै चुनाव लडेका बूढालाई भारी मतले डोल्पालीले जिताएका थिए ।   सभासद् जितेर गएलगत्तै मुश्किलले १० देखि १२ पटकभन्दा पनि कम आफ्नो काम विशेषले डोल्पा आएका सभासद्ले भने अहिलेसम्म पनि संसद्मा डोल्पाको विकास विषयमा एक शब्द पनि नबोलेकाले डोल्पालीको मन दुखेकोसमेत डोल्पालीले बताएका छन् ।उनले डोल्पाको विकास र डोल्पालीको टड्कारो समस्यामा चासो नदेखाएको अधिकांश नागरिक अगुवाको बुझाइ रहेको छ ।   यसरी कर्णाली स्वायत्त प्रदेश माग गर्दै चर्काइएको आन्दोलन प्रदर्शनका थप कार्यक्रमले कर्णालीको जनजीवन अस्तव्यस्त बनेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: