Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

खबरडबली संवाददाता

वालिङ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ ।

स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए ।

बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए । ‘सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन’, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन् ।

स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति गर्नु अत्यावश्यक रहेको उनले बताए ।

सडक छेउछाउका बासिन्दा पटक-पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्ने हो भने सबैलाई राम्रो हुने उनले बताए ।

‘भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटकीय सहर पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने यो सडकको स्तरोन्नति गर्न सकेमात्रै स्याङ्जाको भविष्य उज्वल छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट र कार्यान्वयनमा सबैले सहयोगसमेत गर्नुपर्दछ, होइन भने हामी नै पछाडि पर्दै जानेछौँ ।’

सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले हिजो घरटहरा बचाउनुपर्छ भनेर विरोध गरियो तर आजको विरोध फेरिएको बताए ।

‘हिजोका दिनमा सडकको स्तरोन्नतिका लागि सङ्घर्ष समिति नै बनाएर विरोध भयो’, उनले भने, ‘अब पनि सडकको स्तरोन्नति गर्ने, चौडा गर्ने, घुम्ती कटान नगर्ने हो भने यो सडक भएर यातायातका साधन नगुड्ने र अन्यत्र खुलेका वैकल्पिक मार्गबाट सवारीसाधन गुड्ने भएकाले स्याङ्जा जिल्ला नै पछाडि पर्न सक्ने भएकाले हिजोको विरोध र आजको विरोधमा फरक आएको हो ।’

सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष पुग्यो तर अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद् रहेको स्याङ्जाका विभिन्न ठाउँमा सरोकारवालाले उठाएको आवाज हो ।

सडकका घुम्ती काट्ने, चौडा बनाउने कार्यले हालको सडकमा करिब ३२ किलोमिटर छोटिने दाबी छ ।

घुमाउँरो र साँघुरो भएकै कारण सडक दुर्घटना हुनसक्ने भएकाले यसको स्तरोन्नति गरी यात्रा सुरक्षित गराउनका लागि अब सबै एकजुट भएर सम्बन्धित निकायमा दबाब दिनुपर्ने आवाज उठ्ने गरेको छ .।

हालको अवस्थामा रहेको सिद्धार्थ राजमार्ग अवस्थामा स्तरोन्नति गरी हरेक मौसममा सञ्चालन रहने गरी दुई लेन बिटुमिनस मापदण्डमा बनाउने योजना रहेको छ ।

भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको सबैभन्दा धेरै ६७.२ किलोमिटर भाग स्याङ्जा जिल्लामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने त्यसमा पनि तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ ।

यो सडक हाल ६.८ देखि ७ मिटर चौडा रहेको छ । अब स्तरोन्नति हुने सडक क्यारिजवे चौडाइ सात मिटर र सोल्डर सडकको दुवैतिर १.५ मिटर गरी कुल १० मिटर चौडाइ रहने छ । उक्त सडकमा पाइप कल्भर्ट तीन सय २५, स्ल्याब कल्भर्ट चार सय ३३ र आर्क कल्भर्ट १६ वटा रहने छन् । पुल ३७ वटा निर्माण गरिने प्रस्तावित गरिएको छ ।

विस्तारित सडकखण्डमध्ये ४७.१ हेक्टर वन क्षेत्रअन्तर्गत पर्ने आकलन गरिएको छ । यस सडकखण्डमा ४३ सामुदायिक वन र एक धार्मिक वन पर्दछ ।

सडक विस्तारका क्रममा दायाँबायाँ गरी दुई हजार आठ सय ८६ वटा रुख कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने स्तनधारी वन्यजन्तु, सरीसृप, विभिन्न प्रजातिका चरा, विभिन्न प्रजातिका माछा संरक्षणमा ध्यान दिनुपर्ने देखिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending