Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

ललितपुरबाट मौरी चराउन बागलुङ

खबरडबली संवाददाता

गलकोट । मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ। पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाभएको छ।

यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ।

विसं २०७२ बाट मौरीपालन थाल्नुभएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ –४ रमेटारलाई छानेका छन्।

उनले आफ्ना मौरीका घार केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आएका छन्। रमेटारस्थित खेतको डिलमा उनका एक सय १५ मौरीका घार छन्। खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएकोे बताए।

बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ। ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुडुँलेलाई लिएको छ।

विसं २०५१ बाट मौरीपालन व्यवसायमा लागेका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताए। कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ।

झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सनले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ। पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पुर्याउने योजनाअनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिए।

व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ। यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसना मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा पुगेका हुन्।

मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिँदै आएको पाइन्छ। मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाउँमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन्। मौरीलाई यो सिजनमा डेढ महिना बागलुङसहितका पहाडी जिल्लामा पुर्याएको कन्सनका प्रमुख श्रेष्ठले जानकारी दिए। उनले बागलुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाडौँका विभिन्न स्थानमा पुर्याएको जानकारी दिए।

यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ। उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ।

मौरीसहितका घार ढुवानी आफैंमा जोखिमपूर्ण भए पनि उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ। माउन्टेन मौरी कन्सनले मौरीसहितका घार बिक्रीबाट महभन्दा बढी फाइदा हुने बताउँदै प्रतिघारलाई १२ हजारमा बिक्री गरिएको जानकारी दिए।

ललितपुरबाट पहिलोपटक मौरी चरनका लागि बागलुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले विसं २०७२ देखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आएका छन्। खत्रीले गत वर्षमात्रै एक सय १० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट एक लाख १३ हजार आम्दानी गरेको बताए।

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताए।

यस्तै जैमिनी-७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार पालेका छन् भने ३० घार बागलुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएका छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश पठाइदिन्छु भन्दै ८० लाख ठगेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्व...

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री, आजैदेखि चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्।  ...

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय ज...

चिनियाँ टोलीको अध्ययनपछि दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि, कति निकाल्न सकिन्छ ?

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिक...

प्रतिमतदाता १,०११ रुपैयाँ खर्च

काठमाडौं । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनु...

बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भए...

जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुर...

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार,...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । ज...

शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE