काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदरका कारण एउटा समाजको रूपमा मुलुकले काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै त्यसको सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता हुने बताएका छन्।
देशको संसद्मा आफ्नो नीतिगत मन्तव्य दिने क्रममा उनले उक्त 'समस्याको हल अहिले खोज्न नसके कहिल्यै नसकिने' बताएका हुन्।
झण्डै १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा गत वर्ष आठ लाखभन्दा कम बच्चा जन्मिएको तथ्याङ्क छ। त्यहाँ सन् १९७० को दशकमा २० लाखभन्दा बढी बच्चा जन्मेका थिए।
सोही समयावधिमा औसत आयु भने बढ्दो छ। उक्त जनसाङ्ख्यिक परिवर्तनको अर्थ जापानमा वृद्धवृद्धाको सङ्ख्या बढ्दो रहनु हो र उनीहरूलाई सहयोग गर्नेहरूको सङ्ख्या घट्दो रहेको देखिन्छ।
यस्तो प्रवृत्ति धेरै देशहरूमा रहे तापनि जापानमा भने निकै उल्लेख्य देखिन्छ। विश्व ब्याङ्कका अनुसार जापानमा हाल ६५ वर्ष माथिका मानिसहरूको अनुपात विश्वमै दोस्रो उच्च झण्डै २८ प्रतिशत छ। त्यस्तो अनुपात सबैभन्दा उच्च एउटा निकै सानो देश मोनाकोमा छ।
सन् २०२० मा अनुसन्धानकर्ताहरूले जापानको जनसङ्ख्या सबैभन्दा उच्च - १२ करोड ८० लाख रहेको सन् २०१७ को अवस्थाबाट खस्कन थाल्ने र यस शताब्दीको अन्त्यसम्ममा त्यो ५ करोड ३० लाख भन्दा कममा पुग्ने प्रक्षेपण गरेका थिए।
प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताएका छन्।
यसअघि पनि जापान सरकारले त्यस्ता प्रयासहरू गरे तापनि ती सफल हुन सकेका थिएनन्। उनले देश विगतका स्थापित अभ्यासहरू तोड्दै नयाँ युग सुहाउँदो समाज, अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यवस्था बनाउनुपर्ने बताए।
किशिदाले जापानको प्रतिरक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आउँदा पाँच वर्षका लागि सरकारले ३३० अर्ब डलरभन्दा बढी रक्षा बजेट सुनिश्चित गर्ने बताए।
देशका अर्थमन्त्री शुनिची सुजुकीले मुलुकको अर्थतन्त्र एकदमै जोखिमपूर्ण बन्दै गएको चेतावनी दिएका छन्। मुलुकको वार्षिक आम्दानीभन्दा सार्वजनिक ऋण दुई गुणाले बढी भएको उनले बताए। यो औद्योगिक मुलुकहरूमै भएको सबैभन्दा उच्च हो।
संसद्मा सम्बोधन गर्दै अर्थमन्त्री सुजुकीले कोभिड महामारीलगायत कारणले यो अवस्था आएको बताए।
जापानको केन्द्रीय ब्याङ्कले ब्याजदर एकदमै न्यून राखेकोले सरकारले सस्तो दरमा सापटी लिन सकिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: