Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

जापानमा बढ्दो चुनौती- जन्मदर घट्दो, अर्थतन्त्र जोखिमपूर्ण

मुलुकको वार्षिक आम्दानीभन्दा सार्वजनिक ऋण दुई गुणाले बढी

खबरडबली संवाददाता

काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदरका कारण एउटा समाजको रूपमा मुलुकले काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै त्यसको सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता हुने बताएका छन्।

देशको संसद्‌मा आफ्नो नीतिगत मन्तव्य दिने क्रममा उनले उक्त 'समस्याको हल अहिले खोज्न नसके कहिल्यै नसकिने' बताएका हुन्।

झण्डै १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा गत वर्ष आठ लाखभन्दा कम बच्चा जन्मिएको तथ्याङ्क छ। त्यहाँ सन् १९७० को दशकमा २० लाखभन्दा बढी बच्चा जन्मेका थिए।

सोही समयावधिमा औसत आयु भने बढ्दो छ। उक्त जनसाङ्ख्यिक परिवर्तनको अर्थ जापानमा वृद्धवृद्धाको सङ्ख्या बढ्दो रहनु हो र उनीहरूलाई सहयोग गर्नेहरूको सङ्ख्या घट्दो रहेको देखिन्छ।

यस्तो प्रवृत्ति धेरै देशहरूमा रहे तापनि जापानमा भने निकै उल्लेख्य देखिन्छ। विश्व ब्याङ्कका अनुसार जापानमा हाल ६५ वर्ष माथिका मानिसहरूको अनुपात विश्वमै दोस्रो उच्च झण्डै २८ प्रतिशत छ। त्यस्तो अनुपात सबैभन्दा उच्च एउटा निकै सानो देश मोनाकोमा छ।

सन् २०२० मा अनुसन्धानकर्ताहरूले जापानको जनसङ्ख्या सबैभन्दा उच्च - १२ करोड ८० लाख रहेको सन् २०१७ को अवस्थाबाट खस्कन थाल्ने र यस शताब्दीको अन्त्यसम्ममा त्यो ५ करोड ३० लाख भन्दा कममा पुग्ने प्रक्षेपण गरेका थिए।

प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताएका छन्।

यसअघि पनि जापान सरकारले त्यस्ता प्रयासहरू गरे तापनि ती सफल हुन सकेका थिएनन्। उनले देश विगतका स्थापित अभ्यासहरू तोड्दै नयाँ युग सुहाउँदो समाज, अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यवस्था बनाउनुपर्ने बताए।

किशिदाले जापानको प्रतिरक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आउँदा पाँच वर्षका लागि सरकारले ३३० अर्ब डलरभन्दा बढी रक्षा बजेट सुनिश्चित गर्ने बताए।

देशका अर्थमन्त्री शुनिची सुजुकीले मुलुकको अर्थतन्त्र एकदमै जोखिमपूर्ण बन्दै गएको चेतावनी दिएका छन्। मुलुकको वार्षिक आम्दानीभन्दा सार्वजनिक ऋण दुई गुणाले बढी भएको उनले बताए। यो औद्योगिक मुलुकहरूमै भएको सबैभन्दा उच्च हो।

संसद्‌मा सम्बोधन गर्दै अर्थमन्त्री सुजुकीले कोभिड महामारीलगायत कारणले यो अवस्था आएको बताए।

जापानको केन्द्रीय ब्याङ्कले ब्याजदर एकदमै न्यून राखेकोले सरकारले सस्तो दरमा सापटी लिन सकिरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending