Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

कांग्रेस राष्ट्रपति चुनावतर्फ केन्द्रित, माओवादीले साथ दिनेमा ढुक्क

खबरडबली संवाददाता

काठमाडौं । सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको छ। 

सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै संसद्बाटै झस्काइसकेका छन्। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएमा दलहरूलाई इंगीत गर्दै भनेका थिए, ‘विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोज्नुभएको हो भने। त्यो आस मात्र हुनेछ।’

कांग्रेसले भने सरकार र निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन अघिल्लो समयमै गर्न ध्यानाकर्षण गराउने भएको छ। पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘कुनै पनि कारणले राष्ट्रपति निर्वाचन पछि सार्न हुन्न भन्ने हामीले निर्णय गरेका छौं। कानुन र ऐनमा समस्या छन् भने सरकारले त्यसलाई संशोधन गर्दै लैजानुपर्छ।’

त्यसो त कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो। दुवै पदमा सत्तासाझेदार दलहरूले जितिसकेका छन्। पदाधिकारीको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि अरू दलको सहयोग लिएर उम्मेदवारी दिने विषयमा कांग्रेस अघि बढेको छ। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाबीच भएको वार्ताका क्रममा राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने आन्तरिक सहमति नेताहरूबीच भएको स्रोतको दाबी छ। 

कांग्रेसका एक पदाधिकारीले भने ‘राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिने कुरामा हामी ढुक्क छौं। माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलमा छौं।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending