धनुषा । धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि भएको हत्याको विरोध गर्दै मृतकका परिवार र आफन्तहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् । १४ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं। १३ निवासी २२ वर्षीय विष्णु साहको अपहरणछि भारतमा हत्या भएको थियो ।
मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।
घटनाको बारेमा बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ। उनीहरूको शव फेला परेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका थिए।
मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरुले बताएका छन् ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...
आषाढ़ १५ गते, २०८३ - १५:३१
काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...
आषाढ़ १५ गते, २०८३ - १५:०१
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...
आषाढ़ १५ गते, २०८३ - १४:४१
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएक...
आषाढ़ १५ गते, २०८३ - १४:३०
काठमाडौँ। १०० शय्या क्षमता वा सोभन्दा बढी भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको फैसला कार्यान...
आषाढ़ १५ गते, २०८३ - १४:१९
काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...
आषाढ़ १५ गते, २०८३ - १४:०२
काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...
आषाढ़ १५ गते, २०८३ - १३:१८
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...
आषाढ़ १५ गते, २०८३ - १२:३७
आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...



प्रतिकृया लेख्नुहोस्: