काठमाडौं । केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रूसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दावी गरेको हो ।
रूसी अधिकारी भ्लादिमिर रोगोभका अनुसार युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा आक्रामक गतिविधि केन्द्रित गरिएको छ ।
रोगोभलाई उद्धृत गर्दै रिया नोभोस्ती समाचार एजेन्सीले भनेको छ, “दस्ता विशेष गरी ओरिखिभ र हुल्यापोलेतर्फ दुई दिशामा अघि बढिरहेको छ । ती क्षेत्रमा सक्रिय भिडन्त भइरहेको र लडाई रूसी सेनाको नियन्त्रणमा रहेको बताए ।
युक्रेनी सेनाले आइतबार आफ्नो दैनिक रिपोर्टमा जापोरिजियामा ‘१५ भन्दा बढी बस्तीहरू गोलाबारीबाट प्रभावित भएको’ बताएको छ ।
यसै हप्ताको सुरुमा रोगोभले ओरिखिभ वरपर ‘आक्रमण’ को घोषणा गर्दै रुसी सेनाले निप्रो नदी नजिकैको लोबकोभ गाउँलाई नियन्त्रणमा लिएको बताएका थिए ।
यो हप्ता दक्षिणी क्षेत्रमा युद्ध ‘तीव्र रूपमा बढेको’ बताए । शनिबार रूसी सेनाले जापोरिजिया क्षेत्रमा ‘आक्रामक कदम’ चालेको र ‘थप लाभप्रद अवस्थामा पुगेको दाबी गरेको थियो । गत नोभेम्बरमा मस्कोले प्रमुख शहर खेर्सनबाट हात झिकेपछि दक्षिणी युक्रेनको मोर्चा पछिल्लो समय पूर्वको तुलनामा निकै शान्त भएको छ ।
रुसले जापोरिजिया क्षेत्र र अन्य तीन युक्रेनी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरे पनि यसलाई पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन ।
यस क्षेत्रको दक्षिणी भागको ठूलो भाग मस्कोले नियन्त्रण गरेपनि यसको मुख्य शहर जापोरिजिया र उत्तरी भाग रूसी सेनाको अधीनमा परेको छैन । रुसले युक्रेनी सेनालाई त्यहाँबाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: