काठमाडौँ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ ।
बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो ।
सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको दाबी गरे ।
सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ बजेट छुट्ट्याएपछि असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो ।
सो टेन्डर आह्वान गर्दा नै दुईतीनवटा कम्पनीलाई मात्रै हुने गरी मापदण्ड बनाइएको र सोही मापदण्डअनुसार टेन्डर आह्वान गरिएकाले आइरन चक्कीको खरिद मूल्य ९० पैसा हुन गएको विभाग स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८१ - ०९:३५
काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...
बैशाख ७ गते, २०८१ - ०९:१५
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । ...
बैशाख ७ गते, २०८१ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...
बैशाख ७ गते, २०८१ - ०८:५५
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...
बैशाख ७ गते, २०८१ - ०८:४०
काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...
बैशाख ७ गते, २०८१ - ०८:३३
काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...
बैशाख ७ गते, २०८१ - ०७:४८
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...
बैशाख ७ गते, २०८१ - ०७:१५
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...
बैशाख ७ गते, २०८१ - ०७:१२
सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...
बैशाख ७ गते, २०८१ - ०७:०८
काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...
प्रतिकृया लेख्नुहोस्: