काठमाडौ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीबाट उपलब्ध गराउने प्रस्ताव गरे।
“कारखानाको सम्पत्ति अहिले अलपत्र परेको छ । नेपालका युवालाई परिचालित गरेर त्यो कारखाना हामी चलाउन चाहन्छौँ । त्यतिबेला भएका मेसिन सरकारले उपलब्ध गराउनुपर्छ”, उनले भने। सो कारखाना नाफा नहुञ्जेल आफूहरुले चलाउने र सक्षम भएपछि पूर्णरुपमा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको उनको भनाइ छ ।
कुनै समय अत्यन्त सफल मानिएको सो उद्योगको जग्गा र सम्पत्ति अहिले अलपत्र अवस्था छ । सरकारले सो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्ने जिम्मा दिएको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । संयोजक बास्तोलाले सरकार र जनताको सहभागितामा बन्द भएका उद्योगधन्दा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।
भृकुटी कागज कारखानासँगै ललितपुरको हरिसिद्धी इँटा टायल कारखाना, बाँसबारी छाला जुत्तालगायत कारखाना निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी बिक्री भए पनि ती अझै सञ्चालनमा आउन सकेका छैनन् । उनले लामो समयदेखि बन्द रहेका कारखाना सञ्चालन गर्न पनि माग गरे ।
“जनशक्ति हामीले परिचालन गर्छौं, कारखानाबाट हराएका मेसिन राज्यले उपलब्ध गराओस्, हामी कारखाना सञ्चालन गर्छौं”, संयोजक बास्तोलाले भने । रोजगारी सिर्जना गर्ने ठूला राष्ट्रिय कारखाना सञ्चालनको अभियान सुरु गर्ने उनको भनाइ छ ।
नेकपा बहुमतले जनजीविका, राष्ट्रियता, किसान, भूमिहीनलगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: