कास्की । आइतबार भएको विमान दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ । पोखराको सेतीनदी खोँचमा भएको विमान दुर्घटना प्रभावित क्षेत्रका नागरिकको आजको भेलाले प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा नागरिक समिति गठन गरेको हो ।
समितिमा आवश्यकताअनुसार सहसंयोजक, सचिव र अन्य पदाधिकारी चयन गर्न अर्को भेला यही माघ ७ गते राखिएको छ ।
समितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक रहनेगरी पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका सरोकारवाला सांसद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य, यती एयरलाइन्स कम्पनी, कास्कीका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई सल्लाहकारमा चयन गरिएको छ ।
नागरिक समितिमा दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यलाई समाबेस गर्ने र आवश्यकताअनुसार प्रदेशका सङ्घसंस्था, सरोकारवाला पालिका र वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी सम्बद्ध सङ्घ सङ्गठन, धार्मिक तथा सांस्कृतिक संस्थालाई पनि समावेश गरिने भएको छ ।
भेलाले दुर्घटनामा निधन हुनेप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेशमा घटेको ठूलो हवाई दुर्घटनाको निष्पक्ष छानविन गर्न सरकारलाई अनुरोध गरेको छ । छानविनमा सघाउन मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउने साथै मृतकको चीरशान्तिको कामनासहित उनीहरूको परिवारजनको सहजता हुनेगरी समाज संस्कृतिअनुसारको स्वस्तिशान्ति, पाठपूजा, प्रार्थना गर्ने निर्णय गरिएको छ ।
समितिले नेपाली संस्कृति रीतिरिवाजअनुसार १३ माघमा शान्तिदीप प्रज्वलन एवं स्वस्तिशान्ति गराउने र हरेक वर्ष यसै तिथिमा स्मृतिसभा गर्ने भएको छ । दुर्घटनामा मृत्यु भएकाको चीरस्मृति हुने कार्यक्रम थालनी गर्न समितिले विभिन्न उपसमिति गठन गर्न सकिने र त्यसको वैधानिकताका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।
यसका लागि समिति आफैँले स्रोत जुटाएर खर्च गर्ने, आम्दानी, खर्चको लेखा परीक्षण सरकारी, गैरसरकारी र स्वतन्त्र नागरिक समाजको तर्फबाट सार्वजनिक सुनुवाइ गराएर गरिने जनाइएको छ ।
दुुर्घटनाले उब्जाएको राष्ट्रिय, अन्तर्राष्ट्रिय शोकलाई स्वदेश, विदेशको नागरिक र स्थानीय स्रोतसाधन परिचालन गरी शक्तिमा परिणत गर्न समिति लाग्ने उल्लेख गर्दै पोखरा एवं नेपालको हवाई उडान र पर्यटन व्यवसायलाई असर पर्ने कुनै समाचार प्रचार नगर्न सबैमा आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: