काठमाडौ । मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय गर्न आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि आज साँझ ५ बजे सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको जानकारी दिएको होे ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको भेटवार्ताकै बीचमा ओली निवास पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल प्रधानमन्त्री बालकोटबाट फर्किएपछि ओलीसँग पुनः छलफल गरी बालकोटबाट फर्कने क्रममा बालकोटमा भएको शीर्ष नेताबीचको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको जानकारी दिएको हो ।
सरकार जे जस्तो राजनीतिक दलको सहमतिमा अगाडि बढेको छ त्यही गतिका साथ द्रूत रूपमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नभएको बताएयो । “प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकबीचको भेटघाट सम्पन्न भएको छ”, उहाँले सञ्चारकर्मीलाई भने, “आजै साँझ ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । जे जस्ता कार्यसूचीहरू बाँकी छन्, त्यसमा एकसरो गृहकार्य भएको छ । छिट्टै सबै विषयमा आवश्यक निर्णय हुन्छ ।”
उपप्रधान पौडेलले सत्ता साझेदार दल सबै एक ठाउँमा भएको भन्दै सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए । भोलि मङ्गलबार विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै उहाँले त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुरा पनि राख्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: