Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएलगत्तै आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी

माओवादीबाट जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री बन्दै

खबरडबली संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा  विश्वासको मत लिँदै छन्। 

नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री पदमा नियुक्ति पाएका थिए। 

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा कार्कीले विश्वासको मत लिने भएका हुन्। 

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र एकीकृत समाजवादीले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा अहिलेसम्म निर्णय गरिसकेका छैनन्।

मुख्यमन्त्री पद पाँच वर्ष नै एमालेलाई दिने निर्णयप्रति असन्तुष्ट नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन। तर हिजो (बिहीबार) मात्र माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारमा जाने निर्णय गरिसकेको छ। 

मुख्यमन्त्री कार्कीले कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत नदिए पनि बहुमत पुग्ने अवस्था छ। उनका पक्षमा यसअघि नै ६० सांसद छन्। विश्वासको मतका लागि न्यूनतम ४७ मत मात्र चाहिन्छ। 

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री कार्कीले सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। जसमा माओवादी केन्द्र पनि सहभागी हुनेछ। 

माओवादी केन्द्रबाट जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्री बनाउने तयारी छ। आर्चाय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन्।

त्यस्तै एमालेबाट एकजना मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। एमालेबाट बुद्धिकुमार राजभण्डारी सहभागी हुने बताइएको छ।

मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending