Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिसको जित

खबरडबली संवाददाता
काठमाडौ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यसजितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 
 
खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामण्डले आफनो पक्षमा पा¥यो । न्यु डायमण्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो । 
 
यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) कृष्ण एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको एपिएफ कृष्ण एकेडेमी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २५–४ ले हरायोभने खेलको दोस्रो सेट २५–४ ले पाखा लगायो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५–३ ले आफनो पक्षमा पा¥यो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, यी हुन विश्वका २० धनी व्यत्तिहरु (सुचीसहित)

नयाँ दिल्ली। भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेर...

अबुधावीस्थित नेपाली दुतावास पुगे प्रधानमन्त्री, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधा...

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सम्भव छैन्: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन ...

कर्णाली करिडोरमा जीप दुर्घटना: एकको मृत्यु, एक घाइते

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृ...

सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थाले: ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिक...

हमास–इजरायल बिचको युद्दबिराम एक दिन लम्बियो

गाजा । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको छ । जारी युद्बबिरामको मध्यस्थ गरिररहेको मुस्लिम देश कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको...

नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने माग गरिएको छ।  उच्च अदालत पाटनमा जारी बह...

नेकपा एसको महाधिवेसन सर्ने सम्भावना, २८ गते सचिवालय बैठक बोलाईयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ । जुन निर्णय लिनका लागि नेकपा एसले मंसिर २८ गते सचिवालय बैठक बोला...

सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी...

एक तोलाको सुनको मुल्य १ लाख १९ हजार ३ सय रुपैयाँ

काठमाडौं। आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो ।  जसअनुसार आज छापावाल सुनको मूल्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies