Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बागलुङमा दोब्बर मूल्य पार्न सुन्तलाको भण्डारण

खबरडबली संवाददाता

बागलुङ । यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन सुन्तला राखेको छन् । 

सुन्तला गाउँका रुपमा परिचित सिगानामा यस वर्ष रु तीन करोड सुन्तला उत्पादन भएको । सिगानामा उत्पादन भएको सुन्तलामध्ये १८ टन सुन्तला विद्युतीय शीत भण्डारण गहृमा राखिएको छ भने आठ टन सुन्तला प्राकृतिक शीत भण्डारण गृहमा राखिएको छ । 

सिगानामा अहिले विद्युतीय र प्राकृतिक गरी तीनवटा शीत भण्डारण गृह रहेका छन् । पुसको अन्तिममा राखिएका सुन्तला फागुन–चैतमा दोब्बर मूल्य पार्नका लागि सुरक्षित भण्डारण गरिएको सुन्तला किसान रामबहादुर खड्काले बताए । उनले भने ,“अहिले सिगानाका सुन्तला होलसेल मूल्य प्रतिकेजी रु ६० मा बिक्री हुन्छ, शीत भण्डारण गृहमा राखिएका सुन्तला फागुनमा मात्रै बिक्री गरिन्छ, त्यस समयमा प्रतिकेजी रु एक सय ५० होलसेल र एक सय ८० खुद्रा मूल्यमा बिक्री हुन्छ ।”

मौसमअनुसार कृषि उपज उत्पादन गर्ने कृषकले बजार मूल्य नपाउँदा यहाँका किसानहरुले शीत भण्डारणमा राखेका सुन्तला बेमौसममा बिक्री गर्ने गरिएका छन् । सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् । पाँच वर्षदेखि परम्परागत शीत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्रीवितरण गर्दै आएको सुन्तला किसान टोपबहादुर खड्काले बताउनुभयो । “शीत भण्डारण गृहको छेउमा पानीको सिँचाइ गरिन्छ, र बीचमा सुन्तला राखिन्छ, सुन्तलाको तापक्रम समय–समयमा परीक्षण गरिन्छ”, खड्काले भने, “अहिले सुन्तलाको खासै राम्रो मूल्य छैन, भण्डारण गृहमा राखिएका सुन्तलाको दोब्बर मूल्य पर्दछ ।” 

सुन्तलाको याममा सुन्तलाको मूल्यमा तीव्र प्रतिस्पर्धा हुने भएकाले बेमौसममा सुन्तलाको मूल्य बढी पार्नका लागि शीत भण्डारण गृह उपयोगी देखिएको सिगानाका किसानहरुले बताएका छन् । सुन्तलाको सुरक्षित भण्डारणका लागि गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युतीयबाट चल्ने सुन्तला चिस्यान केन्द्र ९कोल्ड रुम० निर्माण गरेपछि चार वर्षअघि निर्माण गरेको हो । गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेको थियो ।

यस्तै तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना ९प्याक्ट० कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको परम्परागत भण्डारणगृहमा अहिले सुन्तला राखिएको हो । यहाँका कृषकले सुन्तलाको ग्रेडिङसमेत गर्दै आएका छन् । सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महँगो हुने गर्दछ । परम्परागत चिस्यान केन्द्र शीत भण्डारण गृहमा माटो, बालुवा तथा गिट्टीको सम्मिश्रणमा ढुङ्गाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारण गृहमा चार महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने सुन्तला किसान लोकबहादुर थापाले बताए । 

यस्तै सुन्तलाको राम्रो उत्पादन हुने बिहुँमा समेत गत वर्षदेखि विद्युतीय भण्डारण गृह निर्माण गरेर महङ्गो मूल्यमा सुन्तला बिक्री गर्दै आएका छन् ।  सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको यस वर्ष बागलुङमा २४ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending