Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन्।

त्यसले वासिङ्टनमा कैयौँ दिनदेखि कायम गतिरोध र विभाजनलाई अन्त्य गरेको छ। पन्ध्रौँ चरणको मतदान पछि उनी अन्ततः सफल भएका थिए। यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो।

रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए। तर अन्ततः उक्त प्रस्तावको विपक्षमा रहेका ६ जनाले आफ्नो अडान छाडेका थिए। यसअघि शुक्रवार राति नाटकीय रूपमा एक मत नपुग्दा मेकार्थी सभामुख चुनिन सकेनन्।

त्यस बेला संसद्को च्याम्बरभित्र चर्को आरोप प्रत्यारोप देखिएको थियो। खसेको ४२८ मत मध्ये मेकार्थीले २१६ र डेमोक्याटका हाकीम जेफ्रिले २१२ मत प्राप्त गरेका थिए।

संसद्को प्रक्रिया प्रारम्भ भएको लगभग साढे १२ घण्टापछि र गतिरोध देखा परेको ४ दिनपछि उक्त परिणाम आएको थियो। राष्ट्रपति बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

यसअघि रिपब्लिकनहरूले सार्वजनिक रूपमा नै बाइडन, उनको प्रशासन र पारिवारिक व्यवसायका लेनदेनहरूमा छानबिन गर्ने बताएका थिए। तर सभामुख चुनिएको पहिलो दिन ह्वाइट हाउसबाट न्यानो शब्दमा सहकार्यको प्रस्ताव सार्वजनिक भएको छ।

ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा बाइडनले केही समय पहिले मिडटर्म निर्वाचनमार्फत मतदाताहरूले रिपब्लिकनहरूलाई आफूसँग मिलेर काम गर्ने अपेक्षा राखेको बताए।

पछिल्लो गतिरोधले संसद्का कतिपय महत्त्वपूर्ण जिम्मेवारी जस्तै समितिहरूको गठन र नयाँ सदस्यहरूको शपथग्रहण प्रभावित बनाएको थियो।

सभामुखलाई संसद्को बैठकको अजेण्डा तय गर्ने र विधायीकी जिम्मेवारीको सुपरिवेक्षण गर्ने अधिकार हुन्छ। राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा यो पद रहने गरेको छ।

यसैबीच केभीन मेकार्थीलाई सभामुख चयन गरिएपछि सदनका डेमोक्र्याट सदस्यहरूले रिपब्लिकन दलभित्रको अतिवादी खेमामा शक्ति पुगेको टिप्पणी गरेका छन्।

ट्विटरमा क्यालिफोर्नियाका प्रतिनिधि एरिक स्वालवेलले लेखेका छन्, “दुई वर्षअघि चरमपन्थीहरू संसद् भवन नियन्त्रणमा लिन विफल भएका थिए। आज केभिन मेकार्थीले उनीहरूलाई रिपब्लिकन दल नियन्त्रणमा लिन दिए।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending