काठमाडौं । आइतवारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गत पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि उपर्युक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिनेछ।
यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।
प्रचण्ड नेतृत्व सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका काम तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम भोलिबाट थप दुई ठाउँबाट श्रम स्वीकृति लिने व्यवस्था शुरु हुनेछ।
सुर्खेत र धनगढीबाट पनि छिटै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा शुरु हुने बताइएको छ। त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ।
यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण सेवाग्राहीले सास्ती पाउँदै आएका थिए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय विस्तार गरिएको हो।
प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत सेवाग्राहीले राज्यबाट सेवा लिन लामो लाइन र झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले कार्ययोजना बनाएर काम गर्न थालेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: