Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिंहरदबारभित्रै गाँजाको झाडी

\"gaja\"काठमाडौं । गाँजाखेती नष्ट गर्न प्रहरी काठमाडौंबाट मकवानपुर, धादिङलगायत जिल्लाका दुर्गम गाउँसम्म पुग्छ । तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै फस्टाएको ‘गाँजाको बारी’बारे भने बेखबर छ । आजको नयाँ पत्रिका दैनिका खबर छ विज्ञान तथा प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको पछाडिको खाली जग्गामा गाँजाको ठूलो झाडी नै छ । गृह मन्त्रालयको पछाडि, श्रम मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयछेउको जग्गामा पनि गाँजाका बोट फस्टाएका छन् । कांग्रेसको संसदीय कार्यालयमा त परिसरभित्रै गाँजाका बोट देखिन्छन् । तर, प्रहरी भने सिंहदरबारभित्र गाँजाको झाडी नरहेको दाबी गर्छ । ‘हामीले सिंहदरबारभित्र कतै गाँजा देखेका छैनौँ,’ सिंहदरबारस्थित सुरक्षा गणका प्रहरी निरीक्षक ज्ञानेन्द्र बस्नेतले भने । सुरक्षा परिषद्छेउछाउ क्षेत्रका केही गाँजाका बोट भने सेनाले नष्ट गरेको थियो । सहरी विकास मन्त्रालयका एक कर्मचारीले सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि मन्त्रालयछेउछाउमा बढेको गाँजाको झाडी नष्ट नगरिएको बताए । ‘मन्त्रालयकै छेउमा गाँजाको झाडी राख्नु लाजमर्दो हो, पटक–पटक भन्दा पनि नष्ट गरिएको छैन,’ ती कर्मचारीले भने । सिंहदरबारबाहिर पनि धेरै ठाउँमा गाँजाका झाडी देखिन्छन् । अनामनगरको खोलाकिनार तथा खाली जग्गामा फस्टाएका गाँजाका बोट छन् । बागमती तथा विष्णुमती खोलाकिनारमा पनि गाँजाको झाडी देखिन्छ । लागुऔषध दुव्र्यसनीले त्यसको फाइदा उठाइरहेका छन् । सार्वजनिक स्थानमा फस्टाएका गाँजाका बोटबाट त केहीले कारोबारसमेत गर्ने गरेका छन् । दुई साताअघि प्रहरीले ललितपुरका केही सार्वजनिक स्थानका गाँजाका बोट नष्ट गरेको थियो । तर, काठमाडौं र भक्तपुरमा भने नष्ट गरिएको छैन । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले योजनाबद्ध रूपमा गाँजाखेती नष्ट गर्ने काम भइरहेको बताए । ‘सामुदायिक प्रहरी कार्यालयहरूसँग मिलेर उपत्यकामा रोपिएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाइएको छ,’ उनले भने । लागुऔषध नियन्त्रण ऐनले गाँजाखेतीलाई अपराध मानेको छ । तर, प्रहरीले कारोबारीलाई मात्र कारबाही गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending