जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ स्थित श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क.१ स ११ नम्बरको अटो दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
सार्कीको घटनास्थलमै मृत्यु भएको छ । थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। दुर्घटनामा परेको अटो तिला–३ श्रीवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतक दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...
पौष ९ गते, २०८२ - १३:०५
इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...
पौष ९ गते, २०८२ - १२:४८
काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...
पौष ९ गते, २०८२ - १२:४१
काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...
पौष ९ गते, २०८२ - १२:२९
महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...
पौष ९ गते, २०८२ - १२:१२
कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०...




प्रतिकृया लेख्नुहोस्: