Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अष्ट्रेलियाको मेनिन्डीमा व्यापक बाढी

खबरडबली संवाददाता

सिड्नी। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक बर्षापछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको आपतकालीन सेवा प्रबाह गर्ने निकायले करिब ५०० मानिस बसोबास गर्ने सानो सहर मेनिन्डीबाट अहिले दैनिक ७५ हजार मेगालिटर बाढीको पानी नदीमा पम्प गरेर फ्याँकिराखिएको जनाएको छ ।

उक्त निकायले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो ३० हजार ओलिम्पिक पुल बराबर हो र यसको पानीले छ दिनमा सिड्नी हार्बर भरिन सक्छ ।”

सहरको नजिकै रहेको डार्लिङ्ग नदीको उचाइ १०.२० मिटरको नजिक स्थिर छ, स्थानीइ मौसम विभाग कार्यालयले भनेको छ । 

बिहीबारबाट डार्लिङ् नदीको सतह करिब १०.७० मिटरसम्म बढ्ने सम्भावना देखिएको छ र यसले सन् १९७६ को १०.४७ मिटरको यहाँको बाढीको रेकर्डलाई पार गर्नेछ ।

“मेनिन्डीको अवस्थालाई मौसम विभागले नजिकबाट नियालिरहेको छ, जसले जनवरीको मध्यसम्म नदीको सतह प्रमुख (९.७० मिटर) भन्दा माथि रहने सम्भावना रहेको बताएको छ,” न्यू साउथ वेल्स राज्यको आपतकालीन सेवाका सहायक आयुक्त डीन स्टोरीले भने । 

मेनिन्डी समुदायका १० वटा भवन खाली गरिएको छ भने अन्य २० जना घरपरिवार पनि सुरक्षित स्थानमा आश्रय लिएका छन् ।

विभागले डार्लिंग नदीका लागि मध्यमदेखि ठूलो बाढीको चेतावनी जारी गर्दै जनवरीको मध्यसम्म मेनिन्डीमा नदीको सतह ठूलो बाढीको तह (९.७० मिटर) भन्दा माथि रहने सम्भावना रहेको उल्लेख गरेको छ । मेनिन्डीको तालमा यो साता पानीको बहाव अझै बढ्न सक्ने विभागले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE