Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

वर्तमान सरकार आधारभूत वर्गको हो : मन्त्री भण्डारी

खबरडबली संवाददाता

काठमाडौ । बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताएको छन् । 

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको चारदिने ‘सीप सम्मेलन–२०७९’ एवं तालिम तथा सीप सप्ताहको उद्घाटन समारोहमा उहाँले वर्तमान सरकार जनमुखी एवं आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार भएको दाबीसमेत गरे । 

“जनमुखी वर्तमान सरकार आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार हो, श्रम र सीपमा न्याय नपाउनेलाई सम्मानका साथ सम्बोधन गर्नेछौँ”, मन्त्री भण्डारीले भने। उहाँले आधारभूत वर्गको वर्गको हितमा लागेकाले आफूलाई पश्चिमका नागरिकले जनमत दिएको बताए। 

समृद्धिको यात्रा तय गर्ने क्रममा आधारभूत वर्गले न्याय पाउँदा श्रम र सीपको मूल्य पनि सरकारले बुझ्नुपर्ने उहाँको धारणा थियो । मन्त्री भण्डारीले भिन्न विचार भएका दललाई एकीकृत आकार दिई साझा मुद्दामा दललाई सहभागी गराएर वर्तमान सरकार निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै हाल पूर्णताः नपाएको सरकारले विश्वास प्राप्त गर्नुपूर्व सहमति गरेर अघि बढ्ने बताए । “अहिलेको सरकार जनादेशबाटै तयार भएको हो, हामी न्यूनतम साझा उद्देश्य र लक्ष्य तय गर्दैैछौँ, साझा अवधारणा बनेपछि सरकारको यात्रा तय हुनेछ, अहिलेको कार्यक्रम यो हो भनेर जान्छौँ”, उनले भने ।  

मन्त्री भण्डारीले विश्व बजारमा नेपालको जनशक्ति, श्रम र सीपले बजार प्राप्त गर्नुपर्नेमा त्यसो नभइरहकोमा दुःख व्यक्त गर्दै नेपाली बजार आयातितमा मात्रै निर्भर हुन नहुने बताए । उनले भने, “नेपाली श्रम र सीपका वस्तु निर्यात गरी विदेश तयारी वस्तुलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता हो ।” उहाँले सरकारले नयाँ बजेट बनाउँदा नयाँ पन, नेपाली मन, राष्ट्रियता तथा मौलिकता झल्किने सीपलाई प्रवद्र्धन गर्ने बताए । 

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगर उपप्रमुख गीता बञ्जारा, नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विदुर बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका बागमती प्रदेश उपाध्यक्ष दुधराज श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेलगायतले शुभकामना व्यक्त गरेको थिए । 

सो अवसरमा महासङ्घका अध्यक्ष गोपाल परियारले नेपालीको जनसङ्ख्यामध्ये ३३ प्रतिशत स्कुल, कलेजका विद्यार्थी र कर्मचारीले बर्सेनि पोसाक लगाउने भएकाले यस व्यवसायमा सोहीअनुसारको सीपयुक्त जनशक्ति पूर्ति नभएको गुनासो गर्नुभयो । सम्मेलनमा एक सय ५० व्यवसायी सहभागी छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE