काठमाडौं । रुसले युक्रेनलाई निरुत्साहित पार्ने प्रयासमा लामो समयसम्म ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपतिले बताएका छन्।
इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमलाहरू थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरे।
डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जानेगरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो। युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रुसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको जनाएको छ।
किएभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लामो समयसम्म ड्रोन हमलाहरू गर्दै युक्रेनलाई सिध्याउने रुसी योजना रहेको उल्लेख गरे।
“हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ,” उनले भने।
“अहिलेको समय भनेको हाम्रो आकाशको सुरक्षामा रहेका सबैजना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने भन्ने हो।”
युक्रेनमाथि रुसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो क्रममा रहेको देखिएको छ। मस्कोले पछिल्ला तीन रातियता युक्रेनभरि विभिन्न शहर तथा ऊर्जा केन्द्रहरूमाथि हमलाहरू गर्दै आएको छ।
जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनहरूमा इरानमा निर्मित ८० वटासम्म ड्रोनलाई खसालिदिएको छ।
अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ। रुसले चाहिँ ६३ जना मारिएको बताएको छ। तर घटना भएको क्षेत्रमा जान नसकिने भएकोले दुवै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन।
एक दिनअघि मात्र नेटोका महासचिव एन्स स्टोलटनबेर्गले रुस पछाडि हट्ने सङ्केत नदेखिएकोले पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका थिए।
सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने, वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमतिमार्फत् युद्धको अन्त्य गराउने उत्तर एट्लान्टिक सन्धि सङ्गठनका महासचिवले बीबीसीसँग भने।
वार्ताको टेबुलमा युक्रेन बलियो अवस्थामा हुने कुराको पनि नेटोले सुनिश्चित गर्नुपर्नेमा स्टोलटनबेर्गले जोड दिए।पश्चिमा देशहरूले रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको मस्कोले आरोप लगाउँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: