काठमाडौं । पाकिस्तानमा व्यावसायिक रूपमा सफल भएको चलचित्र ‘द लिजेन्ड अफ मौला जट’को भारतमा प्रदर्शन रद्द भएको छ।
पाकिस्तानको यो एक्सनप्रधान चलचित्र ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका फिल्म हलमा रिलिज हुने बताइएको थियो। उक्त चलचित्रको प्रदर्शन रद्द हुनुको कारण भने खुलाइएको छैन।
समाचार एजेन्सी पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आइनक्सका एक कर्मचारीलाई यसको कारण सोधेको जनाएको छ।
ती कर्मचारीले पीटीआईसँग भने, “हामीलाई चलचित्रका वितरकहरूले प्रदर्शन स्थगित गरिएको बताए। हामीलाई दुई–तीन दिनअघि यसबारे जानकारी गराइएको थियो। यसको कारण भने खुलाइएको छैन र प्रदर्शन हुने अर्को मिति पनि दिइएको छैन।”
डिसेम्बर २६ मा आइनक्स सिनेमा समूहका प्रमुख प्रोग्रामिङ अफिसर राजेन्द्र सिंह जेयालाले ‘मौला जट’ ठूलो सङ्ख्यामा पञ्जाबी बोल्ने मानिसहरू आउने सिनेमा हलहरूमा प्रदर्शन गरिने बताएका थिए।
उनको घोषणापछि भारतमा उक्त चलचित्रको प्रतिक्षा भइरहेको थियो। उक्त चलचित्रको प्रचार गर्न बनाइएको पोस्टर पनि ुबुक माई शोु जस्ता प्लेटफर्महरूमा देखा परिसकेको छ।
यसै साताको सुरुमा पीभीआर सिनेमा समूहले आफ्नो इन्स्टाग्राम पेजमा मौला जटको प्रदर्शन मिति सार्वजनिक गरेको थियो तर पोस्ट एक वा दुई दिनभित्र मेटाइएको थियो।
केही अन्य समाचारमा भने भारतीय सेन्सर बोर्डले फिल्म प्रदर्शनको अनुमति फिर्ता लिएको बताइएको छ। यद्यपि यसबारे बोर्डबाट केही भनिएको छैन। बोर्डको वेबसाइटमा यसबारे केही जानकारी पनि दिइएको छैन।
सिनेमा हलमा चलचित्र प्रदर्शनको घोषणा सामान्यतस् सेन्सर बोर्डबाट चलचित्र प्रदर्शनको अनुमति लिएपछि मात्र गरिन्छ। चलचित्र प्रदर्शनको मिति घोषणा भएपछि वितरकले एक्कासि स्थगित गर्ने निर्णय गरेका नहुन सक्छन्।
‘मौला जट’ भारतका सिनेमा हलमा प्रदर्शन भएको भए सन् २०११ मा ‘बोल’ पछि सिनेमा हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो।
भारतमा मौला जटुको वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ। प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन।
फिल्म निर्माण र वितरण बाहेक जी समूहले भारतमा धेरैवटा टेलिभिजन च्यानलहरू पनि सञ्चालन गर्छ। यो समूहले केही वर्षअघि भारतमा एउटा च्यानल खोलेको थियो। त्यसमा पाकिस्तानका लोकप्रिय टेलीश्रृङ्खलाहरू देखाइन्छ।
उक्त च्यानल चाँडै लोकप्रिय भएको थियो। कुनै बेला जी समूहले पाकिस्तानी फिल्म निर्माता र कलाकारहरूसँग मिलेर फिल्म बनाउने योजना पनि बनाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: