काठमाडौं । पाकिस्तानमा व्यावसायिक रूपमा सफल भएको चलचित्र ‘द लिजेन्ड अफ मौला जट’को भारतमा प्रदर्शन रद्द भएको छ।
पाकिस्तानको यो एक्सनप्रधान चलचित्र ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका फिल्म हलमा रिलिज हुने बताइएको थियो। उक्त चलचित्रको प्रदर्शन रद्द हुनुको कारण भने खुलाइएको छैन।
समाचार एजेन्सी पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आइनक्सका एक कर्मचारीलाई यसको कारण सोधेको जनाएको छ।
ती कर्मचारीले पीटीआईसँग भने, “हामीलाई चलचित्रका वितरकहरूले प्रदर्शन स्थगित गरिएको बताए। हामीलाई दुई–तीन दिनअघि यसबारे जानकारी गराइएको थियो। यसको कारण भने खुलाइएको छैन र प्रदर्शन हुने अर्को मिति पनि दिइएको छैन।”
डिसेम्बर २६ मा आइनक्स सिनेमा समूहका प्रमुख प्रोग्रामिङ अफिसर राजेन्द्र सिंह जेयालाले ‘मौला जट’ ठूलो सङ्ख्यामा पञ्जाबी बोल्ने मानिसहरू आउने सिनेमा हलहरूमा प्रदर्शन गरिने बताएका थिए।
उनको घोषणापछि भारतमा उक्त चलचित्रको प्रतिक्षा भइरहेको थियो। उक्त चलचित्रको प्रचार गर्न बनाइएको पोस्टर पनि ुबुक माई शोु जस्ता प्लेटफर्महरूमा देखा परिसकेको छ।
यसै साताको सुरुमा पीभीआर सिनेमा समूहले आफ्नो इन्स्टाग्राम पेजमा मौला जटको प्रदर्शन मिति सार्वजनिक गरेको थियो तर पोस्ट एक वा दुई दिनभित्र मेटाइएको थियो।
केही अन्य समाचारमा भने भारतीय सेन्सर बोर्डले फिल्म प्रदर्शनको अनुमति फिर्ता लिएको बताइएको छ। यद्यपि यसबारे बोर्डबाट केही भनिएको छैन। बोर्डको वेबसाइटमा यसबारे केही जानकारी पनि दिइएको छैन।
सिनेमा हलमा चलचित्र प्रदर्शनको घोषणा सामान्यतस् सेन्सर बोर्डबाट चलचित्र प्रदर्शनको अनुमति लिएपछि मात्र गरिन्छ। चलचित्र प्रदर्शनको मिति घोषणा भएपछि वितरकले एक्कासि स्थगित गर्ने निर्णय गरेका नहुन सक्छन्।
‘मौला जट’ भारतका सिनेमा हलमा प्रदर्शन भएको भए सन् २०११ मा ‘बोल’ पछि सिनेमा हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो।
भारतमा मौला जटुको वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ। प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन।
फिल्म निर्माण र वितरण बाहेक जी समूहले भारतमा धेरैवटा टेलिभिजन च्यानलहरू पनि सञ्चालन गर्छ। यो समूहले केही वर्षअघि भारतमा एउटा च्यानल खोलेको थियो। त्यसमा पाकिस्तानका लोकप्रिय टेलीश्रृङ्खलाहरू देखाइन्छ।
उक्त च्यानल चाँडै लोकप्रिय भएको थियो। कुनै बेला जी समूहले पाकिस्तानी फिल्म निर्माता र कलाकारहरूसँग मिलेर फिल्म बनाउने योजना पनि बनाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: