Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

उपराष्ट्रपतिमा जयपुरी घर्तिको चर्चा

खबरडबली संवाददाता

काठमाडाैं ।  सत्ता गठबन्धनका दुई प्रमुख दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई आ–आफ्ना भागमा परेको राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस भएको छ ।

पार्टीमा धेरै नेताहरुको आकाँक्ष रहेका कारण पनि दुबै दललाई  राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस भएको हो ।  सत्ता गठबन्धनको प्रमुख एमालेभित्रबाट नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुवास नेम्वाङ राष्ट्रपतिको दाबी रहेको छ भने उपराष्ट्रपतिका लागि नेकपा (माओवादी केन्द्र) का बाट जयपुरी घर्तीको चर्चा चल्न थालेको छ । 

माओवादीको स्थायी समिति सदस्य समेत ररहेकी घर्ती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा क्षेत्र नं. २ रोज्दा जयपुरीको रोजाइ रोल्पा क्षेत्र नं. १ परेको थियो । नेपाली कांग्रेसका नेता माधव प्रसाद आचार्यलाई झण्डै २० हजारको फराकिलो मतान्तरले पराजित गर्दै उनी संविधान सभा सदस्य बनेकी थिइन् ।

२०६९ सालमा तत्कालिन नेकपा माओवादी विभाजन हुँदा उनले मोहन वैद्यलाई रोजिन् । मोहन वैद्य नेतृत्वको पार्टीले २०७० सालको दोस्रो संविधान सभा निर्वाचन बहिष्कार गरेका कारण जयपुरीको संविधान सभा यात्रा पनि रोकिएको थियो ।

मोहन वैद्यको पार्टी विभाजित गरी नेत्रविक्रम चन्द विप्लवले पुनः अर्को पार्टी बनाएपछि जयपुरी दुवैतिर नलागी तटस्थ बसेकी थिईन् । उनी मोहन वैद्यको पार्टीबाट रामबहादुर थापा बादल सहितको समूह नेकपा माओवादीमा फर्किंदा जयपुरी समेत आफ्ना केही समर्थक सहित सोही पार्टीमा समाहित भइन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको समानुपातिक सांसद बनेकी उनी सोही अवधिमा प्रतिनिधि सभाको सामाजिक विकास समितिको सभापति पनि भइन् । सशस्त्र द्वन्द्वमा श्रीमान गुमाएकी उनी पार्टीमा न्याय पाउन नसकेकी महिला नेतृको रुपमा कार्यकर्ताहरुमाझ परिचित छन् ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies