Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

दुई दशकमा करिब १७ सय पत्रकारको हत्या

खबरडबली संवाददाता

पेरिस । विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ०’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ ।
 
सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन् ।
आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, “तथ्याङ्कका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना सङ्कलन, सत्यको खोजी र पत्रकारिताप्रतिको उनीहरूको ती व्यक्तिहरूको अनुहार रहेको छ ।”

आरएसएफका आुसार इराक र सिरिया पत्रकारका रुपमा काम गर्नका लागि सबैभन्दा खतरनाक देश भएको र पछिल्लो २० वर्षमा कुल ५७८ जना पत्रकार मारिएका छन् । यो विश्वभर विगत दुई दशकमा मारिएका कूल पत्रकारको एक तिहाइभन्दा बढी हो ।
 
त्यसपछि मेक्सिकोमा १२५, फिलिपिन्समा १०७, पाकिस्तानमा ९३, अफगानिस्तानमा ८१ र सोमालियामा ७८ पत्रकारको मृत्यु भएको छ । 

सिरियामा भएको युद्धका कारण यो दुई दशकभित्र पनि सन् २०१२ र २०१३ मा सबैभन्दा धेरै पत्रकार मारिएका थिए । त्यसैले यो बर्षलाई ‘सबैभन्दा अँध्यारो वर्ष’ का रूपमा हेर्ने गरिएको छ । सन् २०१२ मा १४४ र त्यसको एक वर्षपछि १४२ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।

यो रेकर्डको ‘क्रमिक गिरावट पछि र सन् २०१९पछि पत्रकारको हत्यामा उच्च कमी देखिएको थियो । 

तर सन् २०२२ मा युक्रेनमा भएको युद्धका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ । सन् २०२१ मा ५१ जना पत्रकारको हत्या भएकोमा यस वर्ष अहिलेसम्म ५८ जना पत्रकारको हत्या भएको छ । 

गत फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेयता आठ जना पत्रकारको हत्या भइसकेको छ । अघिल्लो १९ वर्षमा भएको कूल १२ पत्रकारको  हत्यासँग तुलना गर्दा यो अत्यधिक सङ्ख्या र जोखिमयुक्त बर्ष हो । 

विगत २० वर्षमा २५ जना पत्रकारको हत्या भइसकेको रुसपछि युक्रेन अहिले सञ्चारमाध्यमका लागि युरोपको सबैभन्दा जोखिमयुक्त मुलुक हो । 

“राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता सम्हालेदेखि रूसमा प्रेस स्वतन्त्रतामाथि व्यवस्थित र घातक आक्रमणहरू भएका आरएसएफको हरेक बर्षको रिपोर्टमा उल्लेख हुँदै आएको छ । 

“यसमा अन्ना पोलिट्कोभस्कायाको ७ अक्टोबर २००६ मा भएको हत्या पनि समावेश रहेको छ, अधिकारवादी समूहले भनेको छ । 

सन् २०१५ मा पेरिसबाट प्रकाशित हुने व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोमा भएको नरसंहारका कारण टर्की तेस्रो सबैभन्दा खतरनाक स्थानमा परेको थियो भने फ्रान्स दोस्रो स्थानमा रहेको थियो ।

पत्रकारहरूले सशस्त्र द्वन्द्व भएका क्षेत्रहरूमा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम उठाएका छन् ।

आरएसएफको रिपोर्टमा भनिएको छ, “आधिकारिक रूपमा कुनै युद्ध नभएका देशहरू पत्रकारहरूका लागि सुरक्षित छैनन् र तीमध्ये केही हत्या भएका देशहरूको सूचीको शीर्षस्थानमा छन् । 

“वास्तवमा, विगत दुई दशकमा ‘युद्धग्रस्त क्षेत्र’ मा भन्दा शान्ति क्षेत्र भनिएका स्थानमा धेरै पत्रकारहरू मारिएका छन् । अधिकांश घटनाहरूमा उनीहरू सङ्गठित अपराध र भ्रष्टाचारको अनुसन्धान गरिरहेका समय मारिएका देखिन्छ ।

अमेरिकी राज्यहरूमा मेक्सिको, ब्राजिल, कोलम्बिया र होन्डुरसमा भएका पत्रकारको हत्यामध्ये आधाजसो अमेरिकामा भएको छ ।

आरएसएफले भनेको छ, “अमेरिका सञ्चारमाध्यमका लागि विश्वको सबैभन्दा जोखिमयुक्त महादेश बनेको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending