काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा श्रम संस्कृती पार्टीले उल्लेखनीय अग्रता बनाएको छ । पाँचथर, इलाम–२, धनकुटा, भोजपुर, खोटाङ र उदयपुर–२ का उम्मेदवारहरूले आफ्ना प्रतिद्वन्द्वीलाई पछार्दै अग्रता बनाएका हुुन् ।
पाँचथरमा श्रम संस्कृतिका हस्तराज शेर्माले ६५६ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ ४६२ मतसहित पछ्याइरहेका छन् भने नेकपा एमालेका ऐन्द्र सुन्दर नेम्वाङ ३६४ मतसहित तेस्रो स्थानमा छन्।
इलाम–२ मा सुदीप राईले १ हजार ५०४ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। नेकपा एमालेका सुहाङ नेम्बाङ १ हजार ३६० मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका भेषराज आचार्य ७३३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
धनकुटामा सानबहादुर राईले ३ हजार २३७ मतसहित अग्रता लिएका छन्। एमालेका राजेन्द्रकुमार राई २ हजार ३९९ मतसहित पछ्याइरहेका छन् भने कांग्रेसका दिनेश राई १ हजार ८२५ मतसहित तेस्रो स्थानमा छन्।
भोजपुरमा ध्रुवराज राई ८४७ मतसहित अग्रता लिएका छन्, एमालेका शेरधन राई ७६१ मतसहित पछ्याइरहेका छन्।
खोटाङमा आरेन राईले ३९५ मतसहित अग्रता बनाएका छन्। कांग्रेसका वीरकाजी राई ३२६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा हरि रोकाले ११९ मत प्राप्त गरेका छन्।
उदयपुर–२ मा वलराज राईले ८७२ मतसहित अग्रता लिएका छन्। एमालेका अम्बर बहादुर रायमाझी ५ सय २२ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका सुरेश कुमार राई ४ सय ५७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
तर, पार्टी अध्यक्ष हर्क साम्पाङ मतगणनामा पछाडि छन् । रास्वपाकी गोमा तामाङ १ हजार १५ मतसहित अग्रता बनाइरहेकी छन्, जबकि साम्पाङले अहिलेसम्म ३०३ मत प्राप्त गरेका छन्। यसले देखाउँछ कि प्रदेशका स्थानीय निर्वाचन क्षेत्रमा पार्टीले सफलता भने पाएको छ तर अध्यक्षको व्यक्तिगत स्थिति चुनौतीपूर्ण रहेको छ।
श्रम संस्कृती पार्टीले आफ्नो प्रभाव क्षेत्र विस्तार गरिरहेको छ र आगामी दिनमा राजनीतिक बहसमा महत्वपूर्ण भूमिका खेल्ने सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ००:०८
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...
फाल्गुन २२ गते, २०८२ - २३:४२
धनकुटा। धनकुटामा जारी मतगणनामा नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...
फाल्गुन २२ गते, २०८२ - २३:२५
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...
फाल्गुन २२ गते, २०८२ - २३:०७
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...
फाल्गुन २२ गते, २०८२ - २३:००
ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना
फाल्गुन २२ गते, २०८२ - २२:३३
रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...
फाल्गुन २२ गते, २०८२ - २२:१९
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...
फाल्गुन २२ गते, २०८२ - २२:१०
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका ...
फाल्गुन २२ गते, २०८२ - २२:०२
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...



प्रतिकृया लेख्नुहोस्: