काठमाडौ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने निर्णय गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नागरिकको अधिकार र मुलुकको समृद्धिका लागि नयाँ वैकल्पिक शक्तिहरूको एकताको सम्मेलन गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका डा नन्द काप्रीले बताए ।
उनका अनुसार स्थानीय तह निर्वाचन र गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै हालसम्म विभिन्न स्वतन्त्र तथा वैकल्पिक राजनीतिको पक्षमा रहेका व्यक्ति, समूह र अभियानहरूबीच प्रदेश, केन्द्र हुँदै देशका विभिन्न भागमा झण्डै ८२ वटा बैठक, छलफल र अन्तरक्रिया गर्दै एकताको सम्मेलन गर्ने निर्णय भएको हो ।
उक्त सम्मेलनमार्फत देशमा राजनीतिक शुद्धीकरण, सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रको खाकासहित सशक्त र वैकल्पिक शक्तिको घोषणा गरिने जनाइएको छ । मुलुकमा लामो राजनीतिक घटनाक्रम हेर्दा अझै पनि मुलुकमा सुशासन र समृद्धिको आकांक्षा अधुरै रहन गएको भन्दै वैकल्पिक शक्तिले त्यसको पक्षमा जनतालाई एकीकृत गर्ने दावी गरिएको छ ।
पछिल्लो निर्वाचनको मतपरिणामले पनि देशमा विकल्पसहितको परिवर्तन र नेतृत्व खोजिरहेको अनुभूति भएको तथा स्वतन्त्र उम्मेदवारले नेपालको राजनीतिमा देखाएको चासो र सहभागिताले देशमा परम्परागत विभिन्न वाद र दर्शनका नामका शक्तिबाट देशको परिवर्तन असम्भव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचनको विश्लेषण गर्दै आमनागरिकको चाहना र अबको आवश्यकतालाई मध्यनजर गर्दै सबै स्वतन्त्र उम्मेदवार, वैकल्पिक शक्तिहरू, राष्ट्रवादीहरू र प्रगतिशील सोच राख्ने सम्पूर्ण व्यक्ति समूह र अभियान एक ठाउँमा उभिन आवश्यक रहेको ठहर गर्दै सम्मेलन गर्न लागिएको सम्मेलन मस्यौदा समितिका डा बलदेव अधिकारीले बताए ।
साथै, सम्मेलन सफल पार्नका लागि विभिन्न ११ वटा समिति तथा उपसमित गठन गरिएको सचिवालय तथा प्रचार समितिका डम्बर साहुले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: