काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोहको आयोजना हुँदैछ ।
प्रधानमन्त्रीमा प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । पहिलो चरणमा सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले माओवादी केन्द्रको बैठक जारी छ।
पहिलो चरणमा माओवादीबाट अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो। उनीहरू प्रदेश १ का हुन् ।
बागमतीका हितबहादुर तामाङ र सूर्यमान दोङमध्ये एक जना पनि मन्त्री बन्ने सम्भावना छ ।
दाङबाट एमाले महासचिव शंकर पोखरेललाई हराएर निर्वाचित रेखा शर्माको नाम पनि मन्त्री बन्ने सूचीमा छ। गण्डकीबाट हितराज पाण्डे र कर्णालीबाट महेन्द्रबहादुर शाहीको सम्भावना पनि धेरै छ ।
जनार्दन शर्मा र वर्षमान पुन पनि शक्तिशाली मन्त्रालयका दाबेदार छन् । तर, यसपटक प्रचण्डले वर्षमानलाई सरकारमा लाने सम्भावना छ। यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने चर्चा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...
माघ १ गते, २०८२ - ०७:२१
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर...
माघ १ गते, २०८२ - ०७:१८
तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम ...
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...




प्रतिकृया लेख्नुहोस्: