मुस्ताङ । मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ ।
फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् । रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन् ।
जरा वरफरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दीपक लालचनले बताउनुभयो । हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ । स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।
अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ । दाना साना लाग्छन् । दानाको स्वाद मीठो हुँदैन । पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गर्ने गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेका छन् । बगैँचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।
स्याउ तथा फलफूलविज्ञ डा खेमबहादुर शाहीले कृषकलाई तालिम दिनुभएको छ । मुस्ताङमा यस वर्ष रु ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन् । स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - ०९:०७
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्व...
फाल्गुन १ गते, २०८२ - ०८:४६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। ...
फाल्गुन १ गते, २०८२ - ०८:३९
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय ज...
फाल्गुन १ गते, २०८२ - ०८:३४
काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिक...
फाल्गुन १ गते, २०८२ - ०८:३०
काठमाडौं । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनु...
फाल्गुन १ गते, २०८२ - ०८:१४
काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भए...
फाल्गुन १ गते, २०८२ - ०८:०६
म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुर...
फाल्गुन १ गते, २०८२ - ०७:५१
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार,...
फाल्गुन १ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । ज...
फाल्गुन १ गते, २०८२ - ०७:२२
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्र...



प्रतिकृया लेख्नुहोस्: