काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ।
स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन्। स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन कार्यालयले गर्छ।
नतिजा नआउँदै शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना फाराम खुलाएपछि के गर्ने भन्ने विषयमा विद्यार्थी तथा कलेज सञ्चालक चिन्तित छन्। कलङ्कीस्थित एडमार्क कलेजका प्राचार्य शिव अधिकारीले भने, “त्रिविको भद्रगोलपाराले विद्यार्थीलाई निकै समस्यामा पा(यो।
यसै त स्वदेशमा विद्यार्थी टिकाउन मुस्किल भइरहेको छ। त्यसमाथि मुलुकको प्रतिष्ठित विश्वविद्यालयको लथालिङ्गपाराले विद्यार्थीलाई थप निरुत्साहित बनाएको छ।”
परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक घनश्याम ठाकुरले भने त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा यसै वर्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्नुपर्ने भएको र सोहीअनुसार शैक्षिक तालिका निर्धारण गर्नुपर्ने भएकाले हतारमा भर्ना खुलाउनुपरेको बताए ।
स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र सङ्कायका अन्तिम वर्षको नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको उनले बताए। “अहिले भर्ना फाराम खुलाउँदै गरौँ। यही बीचमा नतिजा सार्वजनिक गरौँ भन्ने विषयमा छलफल गरेर भर्ना खुलाएका हौँ,” ठाकुरले भने।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको हो।
जसअनुसार पुस ४ देखि माघ ४ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ। माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्नेछन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: