काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ।
स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन्। स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन कार्यालयले गर्छ।
नतिजा नआउँदै शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना फाराम खुलाएपछि के गर्ने भन्ने विषयमा विद्यार्थी तथा कलेज सञ्चालक चिन्तित छन्। कलङ्कीस्थित एडमार्क कलेजका प्राचार्य शिव अधिकारीले भने, “त्रिविको भद्रगोलपाराले विद्यार्थीलाई निकै समस्यामा पा(यो।
यसै त स्वदेशमा विद्यार्थी टिकाउन मुस्किल भइरहेको छ। त्यसमाथि मुलुकको प्रतिष्ठित विश्वविद्यालयको लथालिङ्गपाराले विद्यार्थीलाई थप निरुत्साहित बनाएको छ।”
परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक घनश्याम ठाकुरले भने त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा यसै वर्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्नुपर्ने भएको र सोहीअनुसार शैक्षिक तालिका निर्धारण गर्नुपर्ने भएकाले हतारमा भर्ना खुलाउनुपरेको बताए ।
स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र सङ्कायका अन्तिम वर्षको नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको उनले बताए। “अहिले भर्ना फाराम खुलाउँदै गरौँ। यही बीचमा नतिजा सार्वजनिक गरौँ भन्ने विषयमा छलफल गरेर भर्ना खुलाएका हौँ,” ठाकुरले भने।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको हो।
जसअनुसार पुस ४ देखि माघ ४ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ। माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्नेछन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: