नेपाली कांग्रेसले शक्ति बाँडफाँडमा न्यायोचित सहमति नजनाए बरु प्रतिपक्षमा बस्ने मुडमा प्रचण्ड रहेको बताइन्छ । उनले आफुसँग भेटेका पार्टीका नेताहरुलाई कि सरकारको नेतृत्व नत्र प्रतिपक्षीय भुमिका भन्ने गरेका छन् ।
काठमाडौं । संघिय तथा प्रादेशिक सरकार निर्माणबारे निर्णायक शक्तिका रुपमा रहेको नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जोडेर विभिन्न अड्कलबाजी गर्ने गरिएका छन् ।
उनका बारेमा कहिले संसदको पहिलो कांग्रेस दल नेपाली कांग्रेस र कहिले दोस्रो दल नेकपा एमालेसँग जोडेर समाचारहरु बन्ने गरेका छन् ।
आफु प्रधानमन्त्री बन्नका लागी जो सँग पनि मिल्ने अड्कलबाजीबिच प्रचण्ड भने चुनावअघि सत्तारुढ गठबन्धनबिच भएको सहमतिअनुसार सत्तारुढ गठबन्धन नै अगाडी बढाउने योजनामा देखिन्छन् । बाक्लो भेटघाटबिच व्यस्त रहने प्रचण्डले पार्टीका आन्तरिक भेटघाट र आफ्ना विश्वस्तहरुलाई यहि गठबन्धनको पक्षमा रहेको बताउने गरेका छन् ।
प्रचण्डलाई उदृत गर्दै एक माओवादी नेता भन्छन्–‘प्रधानमन्त्रीको लोभमा एमालेसँग गठबन्धन गर्नु अनैतिक हुन्छ । कांग्रेसमा हिजो ओलीमा जस्तै दम्भ पलायो र सहमतिको राजनीति छाडेबाहेक अन्य अवस्थामा हाल कायम गठबन्धन नै रोज्नुपर्छ ।’
एमालेका अध्यक्ष ओलीले पठाएका अन्य नेताहरुले पटकपटक प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेपनि त्यसो गर्नु अनैतिक हुने बुझाईमा प्रचण्ड रहेका छन् । उसो त हिजो एमालेसँगको एकता र सहकार्यमा सबैभन्दा बढी धोका भएको र ओलीलाई विश्वास गर्ने ठाउँ नरहेको बुझाईमा प्रचण्ड छन् ।
नेपाली कांग्रेसले शक्ति बाँडफाँडमा न्यायोचित हुनेगरी सहमतिमा आए गठबन्धनकै पक्षमा मत आएको र यसैलाई निरन्तरता दिने पक्षमा रहेका छन् ।
माओवादीभित्रकै केही नेताहरु बामगठबन्धको नारामा एमालेसँग सत्तासमिकरणको पक्षमा देखिएपनि पार्टीभित्र हुने छलफलहरुमा औपचारिक रुपमा प्रस्तुत भईसकेका छैनन् ।
उसो त चुनावअघि सत्तारुढ गठबन्धनबिच शक्ति बाँडफाँडबारे यस्तै सहमति भएको हो भनेर आधिकारिकरुपमा कसैले नभने पनि माओवादी, कांग्रेस र समाजवादीबिच २,२ र १ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको कथन छ ।
प्रचण्ड पहिलो कार्यकाल प्रधानमन्त्री बन्न यहि गठबन्धनबाट प्रयत्नरत छन् । नेपाली कांग्रेसले शक्ति बाँडफाँडमा न्यायोचित सहमति नजनाए बरु प्रतिपक्षमा बस्ने मुडमा प्रचण्ड रहेको बताइन्छ । उनले आफुसँग भेटेका पार्टीका नेताहरुलाई कि सरकारको नेतृत्व नत्र प्रतिपक्षीय भुमिका भन्ने गरेका छन् ।
प्रचण्डको यस्तो अडानले नेपाली कांग्रेस पनि समस्यामा देखिएको छ । माओवादीविना राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सातै प्रदेशका सरकार निर्माणमा कांग्रेसको नेतृत्व हुने अंकगणित छैन । यि सबै पदहरुमा माओवादी केन्द्रले कांग्रेस या एमाले जसलाई समर्थन गर्यो उसैको पल्लाभारी हुने अंकगणित रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: