Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

सरकार निर्माणबारे प्रचण्ड के चाहन्छन् ?

खबरडबली संवाददाता

नेपाली कांग्रेसले शक्ति बाँडफाँडमा न्यायोचित सहमति नजनाए बरु प्रतिपक्षमा बस्ने मुडमा प्रचण्ड रहेको बताइन्छ । उनले आफुसँग भेटेका पार्टीका नेताहरुलाई कि सरकारको नेतृत्व नत्र प्रतिपक्षीय भुमिका भन्ने गरेका छन् ।

काठमाडौं । संघिय तथा प्रादेशिक सरकार निर्माणबारे निर्णायक शक्तिका रुपमा रहेको नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जोडेर विभिन्न अड्कलबाजी गर्ने गरिएका छन् । 

उनका बारेमा कहिले संसदको पहिलो कांग्रेस दल नेपाली कांग्रेस र कहिले दोस्रो दल नेकपा एमालेसँग जोडेर समाचारहरु बन्ने गरेका छन् । 

आफु प्रधानमन्त्री बन्नका लागी जो सँग पनि मिल्ने अड्कलबाजीबिच प्रचण्ड भने चुनावअघि सत्तारुढ गठबन्धनबिच भएको सहमतिअनुसार सत्तारुढ गठबन्धन नै अगाडी बढाउने योजनामा देखिन्छन् । बाक्लो भेटघाटबिच व्यस्त रहने प्रचण्डले पार्टीका आन्तरिक भेटघाट र आफ्ना विश्वस्तहरुलाई यहि गठबन्धनको पक्षमा रहेको बताउने गरेका छन् । 

प्रचण्डलाई उदृत गर्दै एक माओवादी नेता भन्छन्–‘प्रधानमन्त्रीको लोभमा एमालेसँग गठबन्धन गर्नु अनैतिक हुन्छ । कांग्रेसमा हिजो ओलीमा जस्तै दम्भ पलायो र सहमतिको राजनीति छाडेबाहेक अन्य अवस्थामा हाल कायम गठबन्धन नै रोज्नुपर्छ ।’

एमालेका अध्यक्ष ओलीले पठाएका अन्य नेताहरुले पटकपटक प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेपनि त्यसो गर्नु अनैतिक हुने बुझाईमा प्रचण्ड रहेका छन् । उसो त हिजो एमालेसँगको एकता र सहकार्यमा सबैभन्दा बढी धोका भएको र ओलीलाई विश्वास गर्ने ठाउँ नरहेको बुझाईमा प्रचण्ड छन् । 

नेपाली कांग्रेसले शक्ति बाँडफाँडमा न्यायोचित हुनेगरी सहमतिमा आए गठबन्धनकै पक्षमा मत आएको र यसैलाई निरन्तरता दिने पक्षमा रहेका छन् । 
माओवादीभित्रकै केही नेताहरु बामगठबन्धको नारामा एमालेसँग सत्तासमिकरणको पक्षमा देखिएपनि पार्टीभित्र हुने छलफलहरुमा औपचारिक रुपमा प्रस्तुत भईसकेका छैनन् । 

उसो त चुनावअघि सत्तारुढ गठबन्धनबिच शक्ति बाँडफाँडबारे यस्तै सहमति भएको हो भनेर आधिकारिकरुपमा कसैले नभने पनि माओवादी, कांग्रेस र समाजवादीबिच २,२ र १ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको कथन छ । 

प्रचण्ड पहिलो कार्यकाल प्रधानमन्त्री बन्न यहि गठबन्धनबाट प्रयत्नरत छन् । नेपाली कांग्रेसले शक्ति बाँडफाँडमा न्यायोचित सहमति नजनाए बरु प्रतिपक्षमा बस्ने मुडमा प्रचण्ड रहेको बताइन्छ । उनले आफुसँग भेटेका पार्टीका नेताहरुलाई कि सरकारको नेतृत्व नत्र प्रतिपक्षीय भुमिका भन्ने गरेका छन् । 

प्रचण्डको यस्तो अडानले नेपाली कांग्रेस पनि समस्यामा देखिएको छ । माओवादीविना राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सातै प्रदेशका सरकार निर्माणमा कांग्रेसको नेतृत्व हुने अंकगणित छैन । यि सबै पदहरुमा माओवादी केन्द्रले कांग्रेस या एमाले जसलाई समर्थन गर्यो उसैको पल्लाभारी हुने अंकगणित रहेको छ । 
 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies